गरिमा विकास बैंकको १२२औं शाखा कीर्तिपुरमा

 

काठमाडौं । विगत १६ वर्षदेखि निरन्तर बैकिङ सेवा प्रदान गर्दै आईरहेको गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आईरहेको छ ।

शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिदै बैंकले ऐतिहासिक धरोहर बोकेको कीर्तिपुर, काठमाडौंमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२औं शाखा कार्यालय सञ्चालन गरेको छ । काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिन्छ ।

हाल, यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।

You might also like

Comments are closed.