गरिमाको सत्रौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरणको प्रश्ताव पारित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । पोखराको होटल पोखरा ग्राण्डीमा आयोजित साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको छ ।

साधारणसभाले विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब ७० करोड बनाउने, आ.व. २०८०÷८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रश्तावहरm पारित गरेको छ ।

हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया चुक्ता पुँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुंजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ पुगेको छ ।

विकास बैंकका हाल देशभर १ सय २३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा छन् । बैंकले हालसम्म करिब रु ८० अर्ब निक्षेप संकलन गरी करिब रु ६९ अर्ब कर्जा प्रवाह गरेको छ ।

lcci
You might also like

Comments are closed.