ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ऋणपत्र निष्कासन गर्दै

काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले ५ वर्ष अवधि भएको ‘ग्लोबल आइएमई बैंक डिबेञ्चर, २०८४/८५’ ऋणपत्र निष्कासन गर्ने भएको छ ।

माघ २९ गतेबाट निस्कासन हुने उक्त ऋणपत्र वार्षिक ११.२५ प्रतिशत व्याजमा लिन सकिनेछ । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।

५० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १९ लाख ३० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकोमध्ये ५ प्रतिशत अर्थात् ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

jutta mela

यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि लगानीकर्ताले आवेदन दिन सकिने छ ।माघ २९ गतेबाट निष्कासन हुने उक्त ऋणपत्रमा लगानीकर्ताले छिटोमा फागुन ३ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहररु, एनआईबिएल एस क्यापिटल लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेड तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सकिनेछ ।

You might also like

Comments are closed.