पोखरा । पोखरा महानगरपालिका–२६, बिजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले बिबिध कार्यक्रम गरी स्थापनाको ११ औं वार्षिकोत्सव मनाएको छ ।
ग्रामीण समुदायमा न्यून आय भएका, वित्तीय पहुँचबाट वञ्चित रहेका, सामाजिक रुपमा पछाडि परेका, विपन्न वर्गलाई लघुवित्त सेवाको माध्यमबाट संस्थाले सेवा प्रदान गरिरहेको छ ।
११औं वार्षिकोत्सवको अवसरमा विभिन्न जिल्लामा रहेका शाखा मार्फत मानव सेवा आश्रम, अनाथालय, बृद्धाश्रम तथा सहारा घर लगायतका संस्थाहरुमा खाद्यान्न, कपडा तथा सहयोग साम्रगी वितरण गरिएको संस्थाले जनाएको छ ।
विपन्न वर्गसँग ११ वर्ष सहकार्य गर्ने क्रममा संस्थाको कार्यक्रमलाई प्रत्यक्ष एवं परोक्ष रुपमा प्रभाव पार्ने महाभूकम्प, बाढीपहिरो, कोभिड महामारी तथा बजारमा देखिएको आर्थिक मन्दी लगायत विनासकारी घटना तथा परिघटनाहरूको बाबजुद पनि यस वित्तीय संस्थाले वित्तीय कारोबारलाई निरन्तरता दिंदै सामाजिक उत्तरदायित्व र ग्राहक संरक्षणका विबिध कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ ।
वित्तीय संस्थाको ५४ जिल्लामा १ सय २० वटा शाखा र १ लाख ४९ हजार भन्दा बढी सदस्य छन् ।
Comments are closed.