ग्लोबल कलेज इन्टरनेशनल र एनालग इंकबीच सहकार्य गर्ने सम्झौता

काठमाडौं । लियो स्क्वाड एजुकेसन पार्टनर अन्तर्गत ग्लोबल कलेज इन्टरनेशनल र एनालग इंकबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर (एमओयु) भएको छ । एनालग इंकद्वारा संचालित इनिसिएटिभ लियो स्क्वाडले ग्लोबल कलेज इन्टरनेशनलका साथ लियो स्क्वाड एजुकेसन पार्टनर अन्तर्गत कार्य गर्ने गरी एमओयुमा हस्ताक्षर गरिएको हो ।

जिसिआइका ग्रयाजुकेट प्रोग्राम र सिपिइका डाइरेक्टर अक्षय अरोरा र एनालग इंकका सिइओ आशुतोष अग्रवालले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । एमओयुको मुख्य उद्देश्य दुवै संस्थाका विद्यार्थीको सीपको सम्मान गर्नुका साथै इन्टर्नसीपको अवसर प्रदान गर्ने तथा विद्यार्थी उद्यमी, शिक्षाविद, व्यवसायी लगायत सबैलाई एकै थलोमा ल्याउनु हो । जसले ज्ञान आदान प्रदानमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।

कोरोना महामारीले सबैको जीवनमा परिवर्तन ल्याएको छ । काम गर्ने तथा अध्ययन गर्ने तरिका बदलिएका छन् । सरकारले पनि डिजिटल प्लेटफममार्फत अध्ययन अध्यापनको वातावरण सृजना गर्न आह्वान गरिरहेको छ । सरकारको शिक्षा र प्राविधिक चुनौतीलाई कम गर्न लियो स्क्वाडले कलेज तथा विश्वविद्यालयलाई लियो स्क्वाड एजुकेसन पार्टनरसँग सहकार्यका लागि आह्वान पनि गरेको छ ।

jutta mela

जिसिआइसँगको सहकार्यले आगामी दिनमा लियो स्क्वाड एजुकेसन उदाहरणीय बन्ने बताइएको छ । सेवा आदान–प्रदानका अवसरमा नेपालका भावी उद्यमीलाई अवसर प्रदान गर्ने डिजिटलाइजेसनलाई पुनर्जीवन प्रदान गर्ने सम्झौता भएको छ । लियो स्क्वाडको पहललाई सहयोग पुर्याउन जिसिआइले हातेमालो गर्ने र समर्थकर्ताको आकर्षण बढाउन उत्साहका साथ लाग्ने बताइएको छ ।

भर्चुअल कार्यालयको उपयोगिता र अवधारणालाई कार्यान्वयन गर्न लियो स्क्वाड समूहले विद्यार्थी तथा उद्यमीसँग विभिन्न सेसन चलाउने र राष्ट्रको डिजिटलाइजेसन कार्यक्रममा सहयोग पुर्याउने छ । विश्वविद्यालय र व्यावसायिक संस्थामा भर्चुअल कार्यस्थल कार्यान्वयनको रणनीति योजनाबारे जिसिआई र लियो स्क्वाडका प्रतिनिधिबीच छलफल गरिएको थियो ।

सम्झौताले दुई संस्थाबीचको सम्वन्ध बढाउन मात्र सहयोग नगरि भर्चुअल कार्यस्थलको उपयोगिता तथा महत्व पनि दर्शाउने एनालग इंकका सिइओ आशुतोष अग्रवालले बताइन् । जिसिआइका ग्रयाजुकेट प्रोग्राम र सिपिइका डाइरेक्टर अक्षय अरोराले एनालग इंकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै यस कार्यक्रमले पाठ्यक्रम वृद्धि गरेर सीप विकास तथा अवसर प्रदान गर्ने बताए । ‘सम्झौताले कलेज र लियो स्क्वाडबीच म्युचुअल कोअपरेसन विकास गरि विद्यार्थीका लागि विभिन्न प्रशिक्षण कार्यक्रम तथा प्लेसमेन्टमा सहयोगी बन्नेछ,’ उनले भने ।

You might also like

Comments are closed.