काठमाडौं । व्यवस्थापन पढाईका लागि नेपालको उत्कृष्ट गन्तव्य बन्न सफल ग्लोबल कलेज इन्टरनेशनल (जिसिआई) ले ‘करियर प्लेसमेन्ट प्रोग्राम’को उद्घाटन गरेको छ । शुक्रबार भर्चुअल माध्यमबाट आयोजित एक कार्यक्रमबीच कलेजका प्रिन्सिपल डा. करन सिंह ठगुन्नाले उक्त प्रोग्रामको उद्घाटन गरेका हुन् ।
विद्यार्थीलाई इन्टर्नको व्यवस्थासहित नेतृत्व तथा व्यक्तित्व विकासका तालिम लगायतका कार्यक्रम गर्न करियर प्लेसमेन्ट प्रोग्रामको सुरुवात गरिएको ठगुन्नाले जानकारी दिए ।
त्यसैगरी कलेजले ‘सेन्टर फर प्रोफेसनल डेभलपमेन्ट’को समेत सुरुवात गरेको छ । विद्यार्थी इन्टर्नसिप र प्रशिक्षण कार्यक्रमको साथै अनुसन्धानका क्षेत्रमा काम गर्न तथा सम्भावना अन्वेषण गर्न सेन्टर फर प्रोफेसनल डेभलपमेन्टको स्थापना गरिएको हो ।
उक्त अवसरमा बोल्दै कलेजको विशेष ट्रेनिङ पार्टनर बीआईएफआईएनका कार्यकारी निर्देशक डा. बिनोद आत्रेयले ग्लोबल कलेजसँग सहकार्य गरी विद्यार्थीहरुको करियर डेभलप, नेतृत्व तथा व्यक्तित्व विकास, सिपमुलक तालिम, जब प्लेसमेन्ट लगायतका क्षेत्रमा काम गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा कलेजका निर्देशक डा. देवराज पनेरु लगायतले बोलेका थिए ।
Comments are closed.