ग्लोबल कलेज इन्टरनेशनलका विद्यार्थीद्वारा चेपाङ वस्तीमा राहत वितरण

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनलका विद्यार्थीले असार १७ गतेको बाढीले घरबारविहिन बनेका कालिका १० र ११ का बाढी प्रभावित चेपाङलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेका छन् ।

करिब २ लाख बराबरका सामग्री हस्तान्तरण गरिएको बताइएको छ । सहयोगका लागि विद्यार्थी तथा अभिभावकबाट आर्थिक संकलन गरिएको थियो । २२ परिवारलाई ब्ल्याङकेट, चामल, लत्ताकपडाका सेट, नुन, सोयाविन, चाउचाउ लगायतका समाग्री वितरण गरिएको ग्लोबल सोसल क्लबको जिसिआइ फुड एण्ड क्लोथिङ डोनेसन सर्कलका लिडर गौरवराज श्रेष्ठले बताए ।

बाढीले घरखेत बगाएपछि बाख्राको खोर, अस्थायी टहरा, स्कुलको छात्राबास, आफन्तीको घरमा उनीहरुले आश्रय लिएका छन् । सञ्चारमाध्यममा समाचार आएपछि सहयोग गर्नुपर्छ भन्ने सोच आएको ग्लोबल कलेजको विटिटिएम विभागका शिक्षक नोजल कोइरालाले बताए । ग्लोबल कलेजका विद्यार्थीले गरेको सामाजिक काम उदाहरणीय रहेको प्रशासन शाखा प्रमुख पदम पाण्डेले बताए ।

MANASLU

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...