काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज इन्टरनेशनल र इलुजियम एचआर सोलुसन एण्ड करियर डेभलपमेन्ट प्रा.लि.बीच सहकार्यको सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमबीच सम्झौता पत्रमा कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्ना र प्रा.लि.का अध्यक्ष शरदचन्द्र काफ्लेले हस्ताक्षर गरेका छन् ।
कलेज अन्तर्गत सञ्चालित बिटिटिएमका विद्यार्थीहरुलाई एयरपोर्ट, एयरलायन्स, ट्राभल एजेन्सी, कार्गो एजेन्सी लगायतमा इन्टर्नसिपको व्यवस्था गरिने सम्झौतामा उल्लेख छ ।
इलुजियमका अध्यक्ष शरदचन्द्र काफ्लेसँग पर्यटन क्षेत्रको विशेष गरी एयरलायन्स इन्डष्ट्रीमा २ दशक भन्दा बढी काम गरिसकेको अनुभव छ । उक्त अवसरमा बोल्दै प्रिन्सिपल ठगुन्नाले सम्झौताले ग्लोबल कलेजका विद्यार्थीहरुको करियर डेभलपमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उक्त अवसरमा कलेजका बिटिटिएम को–अर्डिनेटर सुशान्त मरासिनी र इलुजियमका नरनारायण पक्वानको पनि उपस्थिति थियो ।
Comments are closed.