काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनल (जिसिआइ) र एलिसिएमबीच सहकार्य गर्ने सम्झौता भएको छ । कलेजको तर्फबाट प्रिन्सिपल डा. करणसिंह ठगुन्ना र एलिसियमका तर्फबाट अध्यक्ष सरदचन्द्र काफ्लेले हस्ताक्षर गरेका छन् ।
इन्टरनेशनल एयर ट्रान्स्पोर्ट एसोसिएसन (आइएटिए)बाट प्रमाणीकरण गरिएका करियरमा आधारित पाठ्यक्रम तथा तालिमको लागि एलिसिएमसँग सहकार्य गरिएको कलेजका प्रिन्सिपल करणसिंह ठगुन्नाले जानकारी दिए ।
कलेजमा बिटिटिएम र बिएचएम अध्ययन गर्ने विद्यार्थीलाई यसै वर्षदेखि आइएटिए प्रमाणीकरण कार्यक्रम र प्रशिक्षण गैरनाफामुलक सिपिडी मोड्युलको रुपमा प्रदान गरिने छ ।
Comments are closed.