काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज इन्टरनेशनल र मलेसियाको केएलसी नेटवर्कबीच सहकार्य भएको छ । आइतबार भर्चुअल कार्यक्रमबीच दुई पक्षबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।
सम्झौतासँगै बिटिटिएम र बिएचएम अध्ययन गर्ने विद्यार्थीलाई एसिया, मध्यपूर्व र युरोपमा अन्तर्राष्ट्रिय इन्टर्नसिपको लागि केएलसीले सहयोग गर्नेछ ।
कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्ना र केएलसीका डाइरेक्टर मेज वङगले भर्चुअल माध्यमबाट सम्झौता एक्स्चेन्ज गरेका छन् ।
कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरुको भचुएअल सहभागिता रहेको बिटिटिएम कोअर्डिनेटर सुशान्त मरासिनीले जानकारी दिए ।
Comments are closed.