काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनल अन्तर्गत बिटिटिएम प्रोग्रामले डेष्टिनेशन हण्ट शुरु गरेको छ । अक्टोवर ५ मा औपचारिक रुपमा डेष्टिनेशन हण्टको शुरुवात गरिएको हो ।
नेपालका विभिन्न स्थान तथा गन्तव्यलाई अन्वेषण तथा प्रचार गर्न डेष्टिनेशन हण्टको शुरुवात गरिएको बताइएको छ । ब्याचलर अफ ट्राभल एण्ड टुरिजम म्यानेमेन्ट (बिटिटिएम)का विद्यार्थीलाई आवश्यक गाइडलाइनका साथ परियोजनामाा नियुक्त गरिएको छ ।
विद्यार्थीले आफ्नो क्षेत्र वरपरका धार्मिक तथा पर्यटकीय स्थल, साँस्कृतिक, ऐतिहासिक र सहासिक गन्तव्य खोज तथा पहिचान गरि त्यसबारेमा विभिन्न्न अनुसन्धान गरि कलेजमा रिपोर्ट पेश गर्नुपर्ने छ । प्राप्त रिपोर्टको थप मुल्यांकन ताथ परिस्कृत गरि समीक्षाकोलागि पर्यटन बोर्ड, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पठाइनेछ प्रोग्राम कोअर्डिनेटर सुशान्त मरासिनीले जानकारी दिए ।
ग्लोबल इन्टरनेशनल ट्राभल एण्ड एड्भेन्चर टुर्सले विद्यार्थीलाई सहयोग गर्नेछ । यस कार्यक्रमले नयाँ गन्तव्यमा पर्यटन प्रवद्र्धनको लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।
Comments are closed.