काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनल (जिसिआइ) अन्तर्गत रहेको स्टुडेन्ट सपोर्ट सेन्टर र सेन्टर फर प्रोफेसनल डेभलपमेन्टले प्रो प्लस डाटासँग सहकार्यको सम्झौता गरेको छ ।
सम्झौता पश्चात ग्लोबल कलेज इन्टरनेशनलका विद्यार्थीले प्रो प्लस डाटामा इन्टर्नसिप र प्लेसमेन्टको अवसर प्राप्त गर्ने बताइएको छ ।
सम्झौताको मुख्य उद्देश्य भनेको शिक्षा र विकासका क्षेत्रमा सहयोग गर्नका लागि जिसिआईका विद्यार्थी तथा पूर्व विद्यार्थीको लागि प्रशिक्षण, इन्टर्नसिप र करियर डेभलपमेन्का सम्भावना सहज बनाउन दुवै पक्षबीच रणनीतिक गठबन्धन र सम्वन्ध सृजना गर्नु रहेको कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्नाले जानकारी दिए ।
विद्यार्थीलाई कर्पोरेट क्षेत्रमा काम गर्नका लागि आवश्यक पर्ने ज्ञान तथा सिपको विकासका लागि यो सम्झौताले योगदान पुग्ने कलेजले विश्वास लिएको छ ।
Comments are closed.