काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनल र लक्ष्मी ग्रुपको अटोमोबाइल डिभिजनबीच साझेदारी गर्ने सम्झौता भएको छ । विद्यार्थीलाई अटोमोबाइल्स सम्वन्धी ज्ञान ताथ सिपको विकास गर्ने तथा विद्यार्थीमा इन्टरप्रेनरसिपको विकासगरी इन्टर्नसिपको अवसर प्रदान गर्ने लक्ष्यसहित समझदारी गरिएको कलेजले जनाएको छ ।
जिसिआइसँगको सहकार्यले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ उद्यमीले विभिन्न अवसर प्राप्त गर्ने लक्ष्मी ग्रुपको विश्वास छ । दुवै संस्थाले विद्यार्थीलाई व्यवहारिक तथा व्यावसायिक ज्ञान प्रदान गरि सेवा आदानप्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
सम्झौताले दुई संस्थाबीचको सम्वन्ध स्थापित गर्नमात्र नभई माहामारीको यो समयमा तालिमको उपयोगितालाई पनि प्रवद्धर्न गर्ने अटोमोबाइल डिभिजनका एचआर हेड सुधिर बोगटीले बताए । नेपालमा मात्र उत्कृष्ट शिक्षा प्रदान गर्न नभई अन्तर्राष्ट्रियस्तमा पनि स्रोत र साधन उपलब्ध गराउन कलेज प्रतिवद्ध रहेको कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्नाले बताए ।
प्रतिष्ठित कम्पनीसँग साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गर्दै सम्झौताले पाठ्यक्रम बढाएर सिप विकास गर्नुमात्र नभई डिजिटल रुपान्तरणमा विद्यार्थीलाई अवसर पनि प्राप्त हुने जिसिआइको सिपिडी तथा स्नातक कार्यक्रमका निर्देशक डा. अक्षय अरोराल बताए ।
Comments are closed.