काठमाडौं । ‘तेस्रो ग्लोबल इन्टरनेशनल कन्फरेन्स २०२१’ हुने भएको छ । ग्लोबल कलेज इन्टरनेशनल, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, जिसिआई रिसर्च सेन्टर, ग्लोबल इन्स्टिच्युट फर पोलिसी रिसर्च एण्ड डेभलपमेन्टको संयुक्त आयोजनमा डिसेम्बर ११ (मंसिर २५ गते) शनिबार कन्फरेन्स हुनेछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कन्फरेन्स हुने सोमबार कलेजमा आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल डा. करणसिंह ठगुन्नाले जानकारी दिए । भर्चुअल माध्यमबाट हुने कार्यक्रममा एक हजार भन्दा बढी सहभागी हुने उनले बताए ।
‘ग्लोबल इन्टरनेशनल कन्फरेन्स रिसर्च कन्फरेन्सका रुपमा आयोजना हुँदैछ,’ उनले भने, ‘व्यवस्थापन शिक्षामा विश्वव्यापी रुपमा भएको नविनतम परिवर्तन तथा बर्तमान फिचरहरुलाई समेटेर कन्फरेन्स गर्दैछौं ।’ कन्फरेन्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त स्रोत व्यक्तिहरुले पेपर प्रस्तुत गर्ने उनले जानकारी दिए ।
चार वटा सेसनमा कन्फरेन्स हुने कार्यक्रम संयोजक तथा कलेजका निर्देशक डा. देवराज पनेरुले जानकारी दिए । ‘ग्लोबल इन्टरनेशनल कलेज व्यवस्थापन शिक्षामा पायोनियर कलेज हो,’ उनले भने, ‘नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै आइरहेको कलेजले आयोजना गर्ने कन्फरेन्स पनि अन्तर्राष्ट्रियस्तरकै हुनेछ ।’ ख्यातीप्राप्त किनोट स्पिकरहरु सहभागी हुने कन्फरेन्स निकै उपलब्धीपूर्ण हुने उनले बताए ।
इनागुरेसन, किनोट, प्यारालल र प्यानल डिस्कसन गरी ४ सेसनमा कार्यक्रम हुनेछ । म्यानेजमेन्टमा आधारित विभिन्न थिम भएका ३५ भन्दा धेरै रिसर्च पेपरको प्रिजेन्टेसन कार्यक्रममा प्रस्तुत गरिनेछ । फाइनान्सियल म्यानेजमेन्ट एण्ड ट्रान्सपरेन्सी फर सस्टेनेवल इकोनोकिम डेभपलमेन्ट शीर्षकमा प्यानल डिस्कसन हुनेछ ।
Comments are closed.