काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज इन्टरनेशनल (जिसिआई) र एप्लाईजबबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कलेजका सिपिडी तथा स्नातक कार्यक्रमका निर्देशक डा. अक्षय अरोरा र एप्लाईजबका निर्देशक दीनेश कुँवरले हस्ताक्षर गरेका छन् ।
व्यवस्थापन शिक्षामा नेपालको उत्कृष्ट पहिचान बनाएको जिसिआईसँग सहकार्य गर्न पाउँदा खुसी लागेको एप्लाईजबका निर्देशक कुँवरले बताए । कलेजका विद्यार्थीलाई रोजगारीको अवसर सिर्जना गर्न तथा मार्केटिङ, अनुसन्धान तथा क्षमता विकासका लागि एप्लाईजबले सहयोग गर्ने सम्झौतामा उल्लेख गरिएको कलेजका सिपिडी तथा स्नातक कार्यक्रमका निर्देशक डा. अक्षय अरोराले जानकारी दिए ।
कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्नाको मार्गनिर्देशनमा कलेजले विभिन्न व्यावसायिक संघसंस्था, निजी क्षेत्र लगायतसँग सहकार्य गर्ने क्रममा एप्लाईबजसँग पनि सहकार्य गरेको हो । सम्झौता कार्यक्रममा एप्लाईबजका प्रमुख कार्यकारी अधिकृत सुशील शर्मा, कलेजका आइसिटी निर्देशक नवीन दुवाडी लगायतको उपस्थिति थियो ।
Comments are closed.