ग्लोबल कलेज इन्टरनेशनल र किप नेपालबीच सहकार्य

काठमाडौं । काठमाडौंमा रहेको ग्लोबल कलेज इन्टरनेशनल र किप नेपालबीच सहकार्यको सम्झौता भएको छ ।

सम्झौतामा कलेजको तर्फबाट प्रिन्सिपल डा. करन ठगुन्ना र किप नेपालका तर्फबाट सिइओ इयन वालले शुक्रबार हस्ताक्षर गरेका छन् ।

दीगो पर्यटन, वातावरणीय संरक्षण, शिक्षा, ज्ञान र विशेषज्ञ आदान प्रदान गर्ने सम्झौतापत्रमा उल्लेख छ । सम्झौताले हस्पिटालिटी, यात्रा र पर्यटन सम्वन्धी अध्ययन गर्ने विद्यार्थी तथा समुदायलाई फाइदा पुग्ने कलेजका प्रिन्सिपल ठगुन्नाले बताए ।

सम्झौताको स्वागत तथा समर्थन गर्दै किप नेपाल र सिइओ इयन वाललाई कलेजले आभार तथा धन्यवाद व्यक्त गरेको छ ।

You might also like

Comments are closed.