ग्लोबल कलेज इन्टरनेशनल र पाटा नेपाल च्याप्टरबीच सहकार्य

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनल र पाटा नेपाल च्याप्टरबीच सहकार्य भएको छ । पाटाबाट हुने पर्यटनसँग सम्बन्धित गतिविधिमा सहकार्य गर्ने गरी सम्झौता गरिएको हो ।

सम्झौता पत्रमा कलेजका प्रिन्सिपल डा. करण ठगुन्ना र पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले सोमबार एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् । २ वर्षसम्म पाटाका कार्यक्रममा ग्लोबल कलेजले सहकार्य गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

पाटाले गर्ने हरेक गतिविधिमा कलेजका विद्यार्थीको प्रत्यक्ष सहभागिता रहने भएकाले विद्यार्थीहरुको क्षमता अभिबृद्धिमा सहकार्यले योगदान पुर्याउने प्रिन्सिपल ठगुन्नाले बताए । कलेजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको पाटा नेपाल च्याप्टरका सिइओ बुडालले बताए ।

सम्झौता कार्यक्रममा कलेजका निर्देशक डा. देवराज पनेरु, बिटिटिएम को–अर्डिनेटर सुशान्त मरासिनी, बिएचएम को–अर्डिनेटर अनुराग गैर, पाटा नेपाल स्टुडेन्ड च्याप्टर जिसिआई कार्यकारी समितिका पदाधिकारीहरु लगायतकोे उपस्थिति रहेको थियो ।

पाटा नेपाल च्याप्टरले कलेजसँग यसप्रकारको सम्झौता पहिलो पटक गरेको हो ।

You might also like

Comments are closed.