बैंकिङ, वित्तीय र बिमाका क्षेत्रमा काम गर्ने गरी जिसिआइ र बिएफआइएनबीच सहकार्य

 

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनल (जिसिआई) र बैंकिङ फाइनान्स एण्ड इन्स्सोरेन्स इन्स्टिच्युट अफ नेपाल (बिएफआइएन) बीच सम्झौता भएको छ । व्यावसायिक तालिम र सोध कार्य सञ्चालन र कार्यान्वयन सम्बन्धमा २ पक्षबीच सम्झौता पत्रमा बिहीबार हस्ताक्षर भएको छ ।

सम्झौतामा कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्ना र विएफआइएनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) बिनोद आत्रेयले सम्झौता गरे । बैंकिङ, वित्तीय र बिमासँग सम्बन्धित क्षेत्रमा काम गर्ने गरी सम्झौता गरिएको कलेजले जनाएको छ ।

आत्रेय नेपाल राष्ट्रबैंकका पूर्व निर्देशक हुन् । बैंक तथा वित्तीय संस्थामा काम गरेको लामो अनुभव उनीसँग छ ।

सम्झौता कार्यक्रममा कलेजका निर्देशक डा. अक्षेय अरोरा, बिटिटिएम को–अर्डिनेटर सुशान्त मरासिनी, बिएचएमका को–अर्डिनेटर अनुराज गैरे, एमबिए को–अर्डिनेटर मनोज भट्ट, एलेभल को–अर्डिनेटर सुरेन्द्रराज जोशी, बिएफआइएनका निशु भगत लगायतको उपस्थिति थियो ।

You might also like

Comments are closed.