जिसिआई र बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीबीच संस्थागत सहकार्य

काठमाडौं । काठमाडौंमा रहेको ग्लोबल कलेज इन्टरनेशनल र भारतको बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी बीच संस्थागत सहकार्य गर्ने सम्झौता भएको छ । विद्यार्थीको सिकाई, अनुसन्धान र विकासका सम्वन्धमा सम्झौता गरिएको हो ।

भारतको ग्रेटर नोयडामा रहेको बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीका निर्देशकको कार्यकक्षमा सम्झौता आदानप्रदान भएको हो ।

बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीका प्रोफेसर हर्ष चतुर्भेदी र ग्लोबल कलेजका प्राचार्य डा. करणसिंह ठगुन्नाको तर्फबाट कलेजका सीपीडी प्रमुख डा. अक्षय अरोराले सम्झौतापत्र आदानप्रदान गरेका छन् ।

सम्झौतामा दुवै संस्थाले परियोजना, अनुसन्धान र व्यावसायिक विकासमा विद्यार्थी र संकायको आदानप्रदानको लागि अवसर प्रदान गरिने बताइएको छ ।

You might also like

Comments are closed.