काठमाडौं – गतवर्ष आशा लाग्दो देखिएको प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा यस पटक ठेस लाग्ने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार सार्वजनिक गरेको अनुमानअनुसार चालू आर्थिक वर्ष (आव) २०७९/८० मा प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादन गतवर्ष भन्दा निकै कम हुने अनुमान गरिएको छ ।
कार्यालयका अनुसार गतवर्षको भन्दा आधाभन्दा कमको वृद्धिदर छ । तथ्यांक अनुसार गतवर्ष ६.४ प्रतिशत वृद्धिदर भएको बागमती प्रदेश यस पटक १.४ प्रतिशतमा खुम्चदै छ । जुन सबै प्रदेशको तुलनामै कम प्रक्ष्येपण हो । त्यस्तै गतवर्ष सबैभन्दा बढी ६.४ प्रतिशत वृद्धिदर रहेको गण्डकीको आर्थिक वृद्धिदर ३.३ प्रतिशत रहने अनुमान छ ।
गतवर्ष कोशी प्रदेशको अर्थिक वृद्धिदर ५.५ प्रतिशत थियो,अहिलेको अनुमान २ प्रतिशतमा झर्नेछ । मधेशमा ६.३ प्रतिशत रहेको वृद्धिदर यसपाली १.७ प्रतिशत, लुम्बिनीमा गतवर्ष ५ प्र्रतिशत रहेको वृद्धिदर यसपाली २.१, कर्णालीमा ५.३ प्रतिशबाट घटेर १.९ र सुदूरपश्चिममा ४.८ प्रतिशत गत वर्ष वृद्धिदर रहेकोमा यसपाली १.८ रहने कार्यालयको अनुमान छ ।
Comments are closed.