काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को माग दिन प्रतिदिन बढ्दै गएको छ। वातावरणमैत्री जीवनशैलीको बढ्दो आकर्षण, इन्धनको महँगो मूल्य, र सरकारको प्रोत्साहनकारी नीति जस्ता कारणहरूले गर्दा ईभी बजारले उल्लेखनीय गति लिएको छ । यिनै प्रवृत्तिहरूलाई ध्यानमा राख्दै चिनियाँ ईभी निर्माता Geely Auto Holding Group को नयाँ मोडल Geely EX5 Series नेपाली बजारमा भित्रिएको छ।
Geely चीनको सबैभन्दा ठूलो निजी स्वामित्वको गाडी कम्पनी हो । हालै यसले आफ्ना दुई नयाँ ईभी मोडलहरू Geely EX5 Pro र Geely EX5 Max नेपालको बजारमा सार्वजनिक गरेको छ । यी मोडलहरूलाई एलआरआर मोटर्स ले आधिकारिक रूपमा नेपाली बजारमा भित्र्याएको हो। कम्पनीले आगामी नाडा अटो शो २०२५ लाई लक्षित गर्दै यी मोडलहरूको भव्य अनावरण गरेको हो ।
Geely EX5 श्रृंखलाका मोडलहरू पाँच आकर्षक रङमा उपलब्ध छन् । स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुर्क्वोइज ग्रिन । यी गाडीहरूको बाहिरी डिजाइन अत्यन्तै आकर्षक र एयरोडायनामिक प्रोफाइलमा आधारित छ । स्टाइलिश एलइडी हेडलाइट र टेललाइट तथा अगाडिको आकर्षक फ्रन्ट ग्रिलले यसलाई प्रिमियम गाडीको अनुभूति दिन्छ ।
EX5 श्रृंखलामा प्रयोग गरिएको ६०.२ किलोवाट-घण्टा क्षमताको एलएफपी सर्ट ब्लेड ब्याट्री जिलीले आफैं निर्माण गरेको हो । कम्पनीका अनुसार यो ब्याट्री पानी, आगो, र गोली प्रुफ प्रमाणित गरिएको छ । यो ब्याट्री ३,५०० पटक चार्ज साइकल पूरा गर्न सक्ने बताइएको छ, जुन करिब १० लाख किमि वा ५० वर्ष बराबरको आयु हो । एलआरआर मोटर्सले ब्याट्रीमा ८ वर्ष वा २ लाख किमि वारेन्टी पनि दिएको छ ।
यी गाडीहरूमा १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटर जडान गरिएको छ, जसले ० देखि १०० किमि/घण्टाको गतिको गति ६.९ सेकेन्ड मै लिन सक्छ । माइलेजको हिसाबमा, CLTC परीक्षण अनुसार ५३० किमि र WLTP मापन अनुसार ४३० किमि माइलेज दिन सक्ने बताइएको छ। यो दरले नेपाली बजारमा उपलब्ध अन्य ईभीहरूभन्दा जिलीलाई प्रतिस्पर्धात्मक बनाउँछ ।
EX5 को भित्री भागमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ। यसमा १५.४ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, र प्यानोरामिक सनरुफ रहेको छ। पाँच तहको सिट प्रविधिले आरामदायी यात्रा सुनिश्चित गर्छ ।
EX5 Max मा थप रूपमा हेडअप डिस्प्ले, हीटिङ, भेन्टिलेटेड, र मसाजिङ्ग सिट समेत उपलब्ध छन्, जसले यो मोडललाई अझै लक्जरी बनाएको छ। जिली EX5 Pro र Max दुबै मोडलमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, र हिल स्टार्ट असिस्ट जस्ता सुरक्षात्मक फिचरहरू उपलब्ध छन्। यी प्रविधिहरूले चालक र यात्रु दुबैको सुरक्षामा उल्लेखनीय भूमिका खेल्नेछ ।
जिली EX5 Pro को नेपाली मूल्य ५८ लाख रुपैयाँ तोकिएको छ भने EX5 Max को मूल्य ६८ लाख रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले नाडा अटो शो २०२५ को अवसरमा विशेष अफर तथा छुटको व्यवस्था गर्ने जनाएको छ। साथै, नेपाली ग्राहकहरूको आम्दानी स्तरलाई ध्यानमा राख्दै मूल्य लचिलो बनाउने पनि योजना छ ।
Geely Auto Group ले नेपाललाई आफ्नो रणनीतिक ईभी बजारको रूपमा हेरेको छ । कम्पनीले निकट भविष्यमा थप मोडलहरू भित्र्याउने, चार्जिङ स्टेशनहरूको विस्तार, तथा पोखरा, चितवन, विराटनगर लगायतका मुख्य शहरहरूमा सर्भिस सेन्टरहरू स्थापना गर्ने योजना बनाएको छ ।
Geely EX5 श्रृंखला नेपालमा विद्युतीय सवारी साधनको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने सम्भावना बोकेको मोडल हो । ५० वर्षसम्म टिक्ने ब्याट्री, उच्च माइलेज, अत्याधुनिक इन्टेरियर तथा सुरक्षामा भरपर्दो प्रविधिका कारण यी गाडीहरू निकट भविष्यमा नेपाली बजारमा लोकप्रिय हुने निश्चित देखिन्छ । Tesla, BYD, Tata जस्ता ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताका साथ, जिलीले नेपालको ईभी बजारमा नयाँ युगको सुरुवात गरेको छ ।
Comments are closed.