काठमाडौं । नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघको प्रारम्भिक साधारण सभा एवं पहिलो महाधिवेशन संस्थाका अध्यक्ष टीका प्रसाद घिमिरेको सभापतित्व एवं समाजसेवी, उद्यमी, व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा विशेष अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य शैलेन्द्र गुरागाईं, रुद्राक्ष व्यवसायी सङ्घका अध्यक्ष मनोज कुमार चापागाई, परिवर्तनका लागि सौर्य समाज नेपालकी अध्यक्ष रमिला श्रेष्ठ,नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, समाजसेवी एवं डेरी उद्यमी नव प्रभात डेरी उद्योगका अध्यक्ष खुल प्रसाद हुमागाई, पत्रकारहरु एवं विभिन्न कृषि क्षेत्रमा काम गरिरहेका व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो ।
पानसमा दीप प्रज्वलन गरी प्रमुख अतिथि नरेशलाल श्रेष्ठले कार्यक्रमको समुद्घाटन गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य राख्दै महासचिव श्रीकृष्ण भण्डारीले शब्दद्वारा सबैलाई स्वागत गर्दै संस्था स्थापनादेखि हालसम्म गरिएका कार्यको बारे बताए भने संस्थामा कार्य गर्दा मनमा छुट्टै आनन्द आउने भन्दै सबैलाई समय मिलाएर संस्थालाई समय दिन आग्रह गरे । कार्यक्रममा अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन एवं आगामी वर्षको अनुमानित आय व्यय र कार्य योजना प्रस्तुत गरिएको थियो भने कार्यक्रममा सदस्यहरूबाट उठेका जिज्ञासा एवं आएका सुझावहरू संकलन गरि प्रस्ट्याउने कार्य भएको थियो ।
कार्यक्रममा पत्रकार एवं व्यवसायीहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा पत्रकारहरू सुरेन्द्र पौडेल सम्पादक आर्थिक आवाज, पिताम्वरी (प्रमिला ) खतिवडा ईमेज टिभी, सरोज ओझा सम्पादक राज्य दैनिक, खुल प्रसाद हुमागाई (काजी दाई ) अध्यक्ष नवप्रभात डेरी उद्योग, मनोज चपागाईं अध्यक्ष रुद्राक्ष व्यवसायी सङ्घ एवं दुर्गा चन्द्रा केसी बाँस्तोला गाई फार्म सञ्चालकलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै रुद्राक्ष व्यवसायी सङ्घका अध्यक्ष मनोज चापागाईंले छोटो समयमा नाल्बाले धेरै राम्रो काम गरेको र आफ्नो संस्थाले पनि सहकार्य गर्दै जाने कुरा बताए। नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले डेरी एसोसिएसनको धेरै उद्देश्य यस संस्था नाल्बासँग समान भएकाले मिलेर काम गर्ने कुरा बताए ।
प्रमुख अतिथि नरेशलाल श्रेष्ठले यसरी स्थापना कालको छोटो समयमा नै आफ्ना सदस्यहरूको हितमा र सामाजिक कार्यमा सक्रिय रही काम गरिरहेकोमा खुसी व्यक्त गर्दै नाक्बा नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तरगत वस्तुगत तर्फको सदस्य समेत रहेकोले महासंघले यो सङ्घसँग सहकार्य गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नाल्बाको पहिलो महाधिवेशनबाट अध्यक्षमा टिकाप्रसाद घिमिरे, उपाध्यक्षमा प्रल्लाद दाहाल, महासचिवमा श्रीकृष्ण भण्डारी, सचिवमा दीपक सन्जेल, कोषाध्यक्षमा दीपप्रसाद धमला, सदस्यहरूमा क्रमश रमेश सन्जेल, भद्रमाया दाहाल, रविशरण थापा, दीपक ढुङ्गाना, देवराज बजगाई, हुद्दराज तिमल्सिना र सुरेश तिमल्सिना निर्विरोध निर्वाचित भएका थिए । नव निर्वाचित सबैलाई प्रमुख अतिथि नरेशलाल श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । निर्वाचन सम्पन्न गर्न सरोज ओझाको संयोजकत्वमा तीन सदस्य निर्वाचन समित गठन गरिएको थियो ।
कार्यक्रमको अन्तिममा सभापति एवं नवनिर्वाचित अध्यक्ष टीका प्रसाद घिमिरेले आफूलाई विश्वास गरि अध्यक्षमा पुनः चयन गरेकोमा सबैलाई धन्यवाद दिंदै आफू सधैं संस्थाको हितमा लाग्ने बताउँदै सबैलाई धन्यवाद दिए। अतिथि सबैलाई अध्यक्ष घिमिरेले उपहार प्रदान गरेका थिए भने नेपाल डेरी एसोसिएसनले उपस्थित सबैलाई मोही र साउन १५ को उपलक्ष्यमा खीर प्रबर्द्धन गर्ने भन्दै खीर खुवाएको थियो ।
Comments are closed.