जेनजी आन्दोलनः मृत्यु हुनेको संख्या ७२ पुग्यो, मृतकको परिवारलाई १० लाख दिने घोषणा

काठमाडौं । जेनजी आन्दोलनमा परि ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । हालसम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदी र ३ जना प्रहरी गरि ७२ जनाको मृत्यु भएको हो ।

त्यस्तैगरी हालसम्म १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भइ विभिन्न अस्पतालमा उपचारका क्रममा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । नवनिर्वाचित प्रधानमन्त्री सुशिला कार्कीले घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना गरि मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली दिँएकी छिन् ।

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै आन्दोलनका क्रममा मृत्यु भएका प्रत्येक परिवारलाई सरकारले दश लाख रुपैँया दिने समेत घोषणा गरेकी छिन् ।

 

You might also like

Comments are closed.