बर्लिन । जर्मनीमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना सङ्क्रमित भेटिएको समाचारमा जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टायता ७ हजार ३ सय ३४ जना सङ्क्रमित थपिएको बताए । यो संख्यालाई उनीहरुले जर्मनीमा महामारी शुरुभए यताकै सबैभन्दा धेरै संख्या बताएका छन् ।
अधिकारीहरुका अनुसार जर्मनीमा पछिल्ला हप्ताहरुमा कोभिडको दोस्रो लहर आएको छ । जसका कारण पहिलाको भन्दा धेरैजना सङ्क्रमित देखिएका हुन् ।
जर्मनीका स्वास्थ्य अधिकारीहरुले जर्मनीमा पहिलो पटक एकै दिनमा यति ठूलो संख्यामा धेरै सङ्क्रमितहरु देखिएको समाचारमा जनाएका छन् । उता बिहीबार मात्र पनि जर्मन चान्सर एन्जिला मार्केलले जर्मनी कोभिड १९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताए ।
जर्मनीमा पछिल्लो समयमा कोरोना सङ्क्रमित बढ्दै गएकोले उनले सो कुरा बताएका हुन् ।उनले बिहीबार पत्रकार सम्मेलनमा भने –हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ ।
कोरोना सङ्क्रमित बढ्दै गएकाले यसबाट अहिलेका लागि बच्ने नै ठूलो चुनौती भएको उनको भनाई छ । अहिलेको अवस्थामा जर्मनीले लकडाउन गर्न सक्ने अवस्थामा भने नरहेको पनि उनले स्पष्ट पारे । आर्थिक हिसाबले पनि अर्को पटकको लकडाउनको अवस्थामा जान नसकिने र यही खुला रहेकै अवस्थाबाट नै उपचारका विधिहरु तय गर्नुपर्नेमा यहाँका अधिकारीहरुले जोड दिँदै आएका छन् ।
जर्मनीमा अहिलेसम्ममा ३ लाख ४८ हजार ५५७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी यहाँ ९ हजार ७३४ जनाको ज्यान गएको बताइएको छ । यकाँका २ लाख ८४ हजार जना सङ्क्रमित निको भएका छन् ।
Comments are closed.