काठमाडौं महोत्सवको ‘स्किन केयर पार्टनर’ मा जेरोना डर्मा

काठमाडौं । आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘प्रथम काठमाडौं महोत्सव २०८२’ को ‘स्किन केयर पार्टनरका रुपमा जेरोना डर्मा रहने भएको छ ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको आयोजना तथा राइजिङ नेपाल प्रा.लि.को सहआयोजनामा हुने महोत्सवमा जेरोना डर्माले छालाको सुरक्षा र सौन्दर्यका अत्याधुनिक उत्पादनहरू प्रदर्शन गर्नेछ । छाला स्वास्थ्यका बारेमा परामर्श समेत प्रदान गर्नेछ ।

जेरोना वेलनेस प्रा.लि.ले छालाको सौन्दर्य र स्वास्थ्यप्रति सचेत उपभोक्ताहरूलाई लक्षित गर्दै जेरोना डर्मा’ ब्रान्डका उन्नत डर्मेटोलोजी उत्पादनहरू बजारमा ल्याएको छ । ‘जेरो इम्पर्फेक्सन’ नाराका साथ सार्वजनिक गरिएका यी उत्पादनहरू वैज्ञानिक रूपमा प्रमाणित सामग्रीहरूबाट तयार पारिएको र हरेक प्रकारका छालाका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।

कम्पनीले छालाको विभिन्न समस्या र आवश्यकतालाई ध्यानमा राखी १० भन्दा बढी उत्पादनहरू बजारमा ल्याएको छ । छोटो समयमा नै नेपाली बजारमा यी उत्पादनहरु लोकप्रिय बन्न सफल भएको कम्पनीले जनाएको छ । काठमाडौंलाई नजिकबाट चिन्ने र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवमा २०० भन्दा बढी व्यावसायिक स्टलहरू रहनेछन् ।

महोत्सवमा रैथाने खाना महोत्सव, पर्यटन प्रवद्र्धन, कला संस्कृति महोत्सव, निःशुल्क स्वास्थ्य शिविर, र फोटो प्रदर्शनी जस्ता विविध कार्यक्रमहरू समेत आयोजना गरिने नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको कार्यसमिति सदस्य तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समिति सभापति प्रेमहरि मैनालीले जानकारी दिए ।

You might also like

Comments are closed.