नेपाल घरेलु तथा साना उद्योग संघ काठमाडौंमा सीता

 

काठमाडौं ।

नेपाल घरेलु तथा साना उद्योग जिल्ला संघ काठमाडौंको अध्यक्षमा सीता कार्की निर्वाचित भएकी छन् । शनिबार सम्पन्न २३औं सम्मेलनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

jutta mela

संघको वरिष्ठ उपाध्यक्षमा डोल्मा शेर्पा, उपाध्यक्षमा ईश्वर गुरुङ, महासचिवमा कमला सुवेदी, कोषाध्यक्षमा सन्तोष कार्की निर्वाचित भएका छन् । शनिबार नै सम्पन्न १६औं महिला उद्यमी भेलाबाट महिला समिति संयोजकमा उषा दाहाल र सचिवमा लुना श्रेष्ठ निर्वाचित भएकी छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले घरेलु तथा साना उद्योगको प्रवद्र्धनलाई महानगरले प्राथमिकतामा राखेको बताए । घरेलु तथा साना उद्योग महासंघका कार्यबहाक अध्यक्ष उमेशप्रसाद सिंहको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.