घारीपाटन सहकारीको अध्यक्षमा कृष्णकला के.सी

पोखरा ।  घारीपाटन बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा कृष्णकला के.सी निर्वाचित भएकी छन् । सहकारीको शनिबार सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले के.सीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

त्यसैगरि सहकारीको उपाध्यक्षमा देवबहादुर थापा, सचिवमा लिलाबहादुर जिसी, सहसचिवमा अनिल कुमार सिंह, कोषाध्यक्षमा गोविन्दनाथ योगी, सदस्यहरुमा राजन जोशी, शोभाकान्त ढकाल, कल्पना आचार्य र तारा आचार्य चयन भएका छन् । लेखा समितिमा ई. अशोक दवारे, मञ्जु आचार्य, कृष्णराज काफ्ले चयन भएका छन् ।

तोयानाथ लम्सालको संयोजकत्वमा पदम ढकाल र सकुन्तला श्रेष्ठ सदस्य रहेको निर्वाचन कमिटी रहेको थियो । कार्यक्रमको संचालन सचिव लिलाबहादुर जिसीले गरेका थिए ।

कार्यक्रममा निर्वतमान संघिय सांसद विद्या भट्टराई प्रमुख अतिथी र पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका शाही योगी बिशिष्ट अतिथी थिए ।

 

lcci
You might also like

Comments are closed.