८ वर्षको सफलताको उपहारः YADEA E8S Pro मा ऐतिहासिक छुट

काठमाडौं ।  विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्डको रूपमा लगातार आठ वर्ष सफलताको उपलक्ष्यमा YADEA Nepal ले नेपाली ग्राहकहरूका लागि विशेष उपहारमूलक अफर सार्वजनिक गरेको छ । यस अवसरमा YADEA को लोकप्रिय मोडल E8S Pro हाल सीमित स्टकका लागि रु. १,८५,००० मा उपलब्ध गराइएको छ, जुन पहिले रु. २,३०,००० मा बिक्री हुँदै आएको थियो । प्रत्येक खरिदकर्तालाई YADEA ब्राण्डको हेल्मेट, रेनकोट र पेन उपहारस्वरूप प्रदान गरिनेछ ।

E8S Pro को डिजाइनमा यसको शीर्ष गति ६० किमी/घण्टा, एकै चार्जमा अधिकतम १५० किमी दायरा र ७२V ३८Ah ग्राफिन ब्याट्री समावेश गरिएको छ । ३०००W सम्मको मोटर पावर र १२ इन्चका आकर्षक अलोय रिमहरू यसलाई शक्तिशाली र स्टाइलिश बनाउँछन् । हाइड्रोलिक सस्पेन्सन तथा ३२ लिटरको अन्डर–सीट बुट स्पेसले दैनिक यात्रा सरल र सुविधाजनक बनाउँछन्, जुन डिजिटल डिस्प्ले र स्मार्ट इन्डिकेटरद्वारा सजिलो रुपमा नियन्त्रित गर्न सकिन्छ ।

शून्य ध्वनि, शून्य धुआँ र न्यूनतम सञ्चालन खर्चलाई ध्यानमा राखेर तयार गरिएको E8S Pro ले स्वस्थ, आर्थिक र वातावरणमैत्री यात्रा अनुभव प्रदान गर्दछ । यो ऐतिहासिक छुट सीमित अवधिका लागि मात्र लागू हुने भएकोले इच्छुक ग्राहकहरूले यथाशिघ्र आफ्नो नजिकको YADEA शोरूम वा अधिकृत विक्रेता कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.