गिलुङ समाज पोखराको १७ औं साधारण सभा: शताब्दी पुरुषलाई सम्मान, क्यालेण्डर विमोचन

पोखरा । लमजुङको क्होंलासोथर ९, गिलुङबाट पोखरा आइ बसोबास गर्नेहरुको संस्था गिलुङ समाज पोखराले शताब्दी पितालाई सम्मान गरेको छ । समाजले आफ्नो १७ औं वार्षिक साधारण सभाको अवसरमा शताब्दी उमेर पार गरेका शताब्दी पिता गुम्बसिंह गुरुङलाई सम्मानित गरेको हो ।

पुरानो गिलुङमा जन्मेका गुम्बसिंह हाल पोखरा १३ मा बसोबास गर्दै आएका छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्वअध्यक्ष सोनाम साङ्पो,गिलुङ समाज तथा कार्यक्रमका अध्यक्ष दूधमान गुरुङ‘आशिष’ लगायतले दोसल्ला र प्रमापत्रसहित सम्मानित गरेका हुन् ।

प्रमुख अतिथि सोनाम साङ्पोले जन्मभूमिलाई सम्झँदै गिलुङ समाजले गरेका सामाजिक कामको मुक्तकष्ठले प्रशंसा गरे । दीर्घजीवनको लागि शरीर र मन स्वस्थ राख्नुपर्ने उनको सुझाव थियो ।

jutta mela

शताब्दी पुरुषको सम्मानले दीर्घजीवन बाँच्ने प्रेरणाका साथै समाजलाई केही गरौँ भन्ने भावना जागृत हुने समाजका अध्यक्ष दूधमान गुरुङले बताए । अध्यक्ष गुरुङले समाजका सदस्यहरुलाई स्वास्थ्यमा सहज र सुलभ पहुँचको लागि दृष्टि आँखा अस्पताल,नयाँबजार पोखरा र फिजियो तथा अन्य उपचारका लागि ए एण्ड बी इन्टरनेसनल अस्पताल प्रालि विन्ध्यवासिनीसँग सम्झौता गरिएको जानकारी पनि दिए ।

सम्मानित व्यक्तित्वको जीवनीबारे महिला समितिका सल्लाहकार लक्ष्मी गुरुङले जानकारी गराएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष सेतेसुब्बा गुरुङसहित मुक्षेत्र गुरुङ,कृष्णबहादुर गुरुङ, तुलसीप्रसाद गुरुङ, देवमाया गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष सु.मे.ह.क्या.कुशप्रसाद गुरुङको स्वागत तथा सचिव टेकप्रसाद गुरुङको संचालन रहेको कार्यक्रमकै अवसरमा समाजले प्रकाशन गरेको क्यालेण्डर पनि विमोचन गरिएको थियो । साधारण सभाले सचिव र कोषाध्यक्षको वार्षिक प्रतिवेदन पारित गरेको सचिव टेकप्रसादले बताए ।

 

 

You might also like

Comments are closed.