पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित गौरीघाटमा पुग्ने वित्तिकै जोकसैलाई पनि एउटा होटलले आकर्षित गर्छ । त्यहाँ पुग्नेहरुले एकपटक त्यो होटलको कलात्मक शैलीतर्फ नजर लगाएकै हुन्छन् । कलात्मक शैलीमा ढुंगाले बनेको ‘ग्लेसियर होटल एण्ड स्पा’को बाहिरी बनोट मात्रै होइन त्यहाँ भित्रको सजावट पनि छुट्टै आनन्द दिने खालको छ ।
सेवा, सुविधा, आतिथ्यतासँगै कलात्मक शैलीले धेरै पर्यटकको रोजाईमा ग्लेसियर होटल पर्ने गरेको छ । होटलमा आउने पर्यटकले मन पराएकै कारण यस पटक सन् २०२० का लागि ग्लेसियरले ‘ट्राभलर्स च्वाइस अवार्ड’ प्राप्त गरेको छ । विश्व प्रशिद्ध ट्राभल वेबसाइट कम्पनी ट्रिप एडभाइजरले ग्लेसियर होटललाई उक्त अवार्ड प्रदान गरी उत्कृष्ट होटलको सूचिमा अटाएको हो ।
यस अगाडि स्न २००९, २०११ र २०१३ मा ग्लेसियरले यो अवार्ड पाइसकेको थियो । सन् २०१३ देखि २०१५ सम्म होटल पुननिर्माण भयो । स्वरुप परिवर्तन गरी २०१५ बाट सञ्चालनमा आएपछि २०२० मा पहिलो पटक यो अवार्ड पाएको सञ्चालक राजेन्द्र ढकालले जानकारी दिए । ‘जसले स्तरीय सेवा, सुविधा र अरु भन्दा फरक शैलीमा पाहुनाहरुलाई सेवा प्रदान गर्न सक्छ त्यो होटलले यो अवार्ड पाउने हो,’ उनले भने, ‘ग्राहकले अन्त भन्दा फरक शैलीको सेवा के पायो भनेर ट्रिप एडभाइजरले मूल्यांकन गर्छ ।’
बिगतमा ट्रिप एडभाइजरले लक्जरी सेगमेन्ट र बिएण्डबि सेगमेन्टमा उत्कृष्ट होेटल छुट्याउने ग¥थ्यो । यस वर्ष सेगमेन्ट नराखी उत्कृष्ट होटलहरुको सूचिमात्रै सार्वजनिक गरेको हो । विश्व भरका उत्कृष्ट १० प्रतिशत होटलको श्रेणीमा पर्न पाउँदा खुसी लागेको ढकालले आर्थिक आवाजलाई बताए । होटलमा ४० वटा रुम छन् । ग्लेसियर पोखराको महङगो होटल मध्येमा पर्छ । ‘हाम्रोमा युनिकनेस छ,’ उनी भन्छन्, ‘हाम्रो होटलमा आएका पाहुनालाई हामीले फरक खालको अनुभूति हुने गरी सेवा प्रदान गर्छौं ।’
Comments are closed.