१० अर्ब लगानीमा पोखरा र लेखनाथमा अन्तर्राष्ट्रियस्तरको व्यावसायिक भवन बन्ने

सुरेन्द्र पौडेल, लेखनाथ । ग्लोबल हब बिजनेस पार्क प्रा.लि.ले कास्कीको पोखरा र लेखनाथमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न व्यावसायिक भवन निर्माण गर्ने भएको छ । १० अर्ब लगानीमा पोखरा र लेखनाथमा एक साथ भवन निर्माण सुरु हुने डाइरेक्टर रमेश खाँण ठकुरीले जानकारी दिए । प्रा.लि.ले आफ्नै जग्गामा भवन निर्माण गर्न लागेको हो । २०२२ को जनवरीमा भवनको शिलान्यास हुुने उनले बताए ।

पोखरा क्षेत्रमा विभिन्न व्यापार व्यवसायमा आबद्ध ५० जना व्यवसायीहरुको संयुक्त लगानीमा भवन निर्माण हुन लागेको हो । पुराना ढर्राका व्यवसायभन्दा माथि उठेर फरक शैलीमा आधुनिक तथा अन्तर्राष्ट्रिय सुविधाका साथमा व्यावसायिक भवन बन्ने ठकुरीले बताए । ‘पसल तथा व्यवसायलाई आधुनिकीकरण गर्दै नयाँ तरिकाले अगाढि बढाउनुपर्छ भन्ने हाम्रो सोच हो,’ उनले भने । चार्टर एकाउन्टेन्ट पुष्पराज ढकालको परिकल्पनामा यो परियोजना सुरु भएको हो । उनैको नेतृत्वमा परियोजना निर्माणको कार्य अगाडि बढेको हो ।

सुपरमार्केटमा पाइने सम्पूर्ण सामानदेखि बस्नका लागि होटल, खाजा तथा खानाका लागि रेष्टुरेन्टको सुविधा पनि सोही भवनमा उपलब्ध हुनेछ । अन्तर्राष्ट्रियस्तरका ब्राण्डेड कपडाहरुसहित खेल्नका लागि खेल मैदान, स्पोर्टस हाउसको सुविधा पनि उपलब्ध हुनेछ । ‘फिल्म हलसहित मनोरञ्जन, खेलकुद, खानादेखि सपिङका लागि आवश्यक सम्पूर्ण सेवा प्रदान हुनेछ,’ उनले भने । सबै वर्गका नेपालीको पहुँच पुग्ने गरी व्यावसायिक भवन सञ्चालनमा ल्याइने उनले जानकारी दिए । भवन ७ तला भन्दा माथिको हुनेछ ।

jutta mela

निर्माण हुने भवनमा डिजिटल पार्किङको सुविधा उपलब्ध हुनेछ । ग्राहकले भवन भित्र प्रवेश गरेर गाडी पार्किङ गरिसकेपछि अटोमेटिक सिस्टमबाट माथिल्लो तलमा लगेर गाडी पार्किङ गरिनेछ । फुड कोडमा भेजलाई छुट्टै र ननभेजलाई छुट्टै ठाउँको व्यवस्था हुनेछ । ‘ड्रिङस गर्नेहरुका लागि बारको सुविधा पनि हुनेछ,’ उनले भने ।

७ देखि १० रोपनी जग्गामा भवन निर्माण हुनेछ । निर्माण हुने भवनबाट हिमालको दृश्यसहित पोखरा शहर तथा आसपासका क्षेत्रको दृश्यावलोकन गर्न सकिनेछ । शिलान्यास भएको ३ वर्ष (सन् २०२४) भित्र भवन निर्माण सकी व्यवसाय सञ्चालन गर्ने लगानीकर्ताहरुको लक्ष्य छ । पोखरा र लेखनाथमा भवन सञ्चालनमा आएपछि देशभरका मुख्य शहरमा व्यवसाय विस्तार गरिने ठकुरीले जानकारी दिए ।

पहिलो चरणमा पोखरा र लेखनाथमा ५ सय जनाले प्रत्यक्ष रोजगारी पाउने र अन्य शहरमा लगानी विस्तार भइसकेपछि ५ हजार भन्दा बढीलाई रोजगारी प्रदान हुने उनले बताए ।

You might also like

Comments are closed.