काठमाडौं । कपिलवस्तुमा रहेको ग्लोबल डेरी प्रा.लि ले भोटेकोशीमा आएको विनाशकारी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेको छ ।
डेरीले ५ लाख ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । विपत्तिमा परेका नागरिकप्रति सहानुभूति, सद्भाव र ऐक्यबद्धताकोलागि आर्थिक सहयोग गरेको डेरीले जनाएको छ ।
डेरीले बाढीमा परी ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै बेपत्ता रहेकाको सकुशल उद्धारको कामना गरेको छ ।
उद्धार, राहत तथा पुनःस्थापना कार्यमा उच्च मनोबल र समर्पणका साथ निरन्तर खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा सम्पूर्ण स्वयंसेवकप्रति डेरीले सम्मान तथा कृतज्ञता व्यक्त पनि गरेको छ ।






Comments are closed.