ग्लोबल आई एजुकेशनको शाखा पोखराको सिर्जनाचोकमा, दक्षिण कोरियालाई फोकस

पोखरा । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्न पोखराको सिर्जनाचोकमा ग्लोबल आई एजुकेशन कन्सल्टेन्सी प्रा.लि. सञ्चालनमा आएको छ । महिला उद्यमी रेनु थापाले ग्लोबल आई एजुकेशनको शाखा पोखरामा सञ्चालनमा ल्याएकी हुन् ।

विशेष गरी उच्च शिक्षाका लागि दक्षिण कोरिया जान चाहने विद्यार्थीलाई लक्षित गरेर सेवा प्रदान गरिएको थापाले जानकारी दिइन् । सिर्जनाचोकस्थित जोशी आर्केडको तेस्रो तलामा सञ्चालनमा आएको कन्सल्टेन्सीले परामर्श सेवासहित तयारी कक्षाहरुसमेत सञ्चालन गरिरहेको थापाले जानकारी दिइन् ।

दक्षिण कोरियासँगै अष्ट्रेलिया, जापान, क्यानडा, युके, न्युजिल्याण्ड र युरोपियन देशहरुका लागि परामर्श लगायतका सेवा प्रदान भइरहेको थापाले बताइन् । ‘हामीले पोखरामा नै पहिलो पटक कोरिया लक्षित गरी परामर्श सेवा प्रदान गरिहेका छौं,’ उनले भनिन्, ‘उच्च शिक्षा अध्ययनका लागि कोरिया जान चाहने विद्यार्थीलाई अब ग्लोबल आई एजुकेशन कन्सल्टेन्सीको सेवाले सजिलो हुनेछ ।’

विद्यार्थीले जान्नै पर्ने सत्य तथ्य सूचना तथा परामर्श आफूहरुले प्रदान गर्ने थापाले बताइन् । पोखरा तथा आसपासका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी शाखा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

ग्लोबल आई एजुकेशन कन्सल्टेन्सीको मुख्य कार्यालय काठमाडौंको पुतलीसडकस्थित न्युप्लाजामा रहेको छ भने अर्को शाखा काठमाडौंकै कलंकीमा छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.