ग्लोबल आइएमई लघुवित्त डेढगाँउ शाखाद्वारा प्रतिक्षालय हस्तान्तरण

पोखरा । कास्कीमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय डेढगाउँले बौदिकाली गाउँपालिका वडा नं–२ स्थीत प्रसिद्ध अकलादेबि मन्दिर परिसरमा बनाएको प्रतिक्षालय आइतबार हस्तान्तरण गरेको छ । दर्शनार्थिहरुका लागि निमार्ण गरिएको प्रतिक्षालय एक कार्यक्रमकाबीच मन्दिर व्यवस्थापन समितीका अध्यक्ष टंक पुलामीलाई हस्तान्तरण गरिएको हो ।

संस्थाले सामाजिक उत्तरदायित्व कोष कार्यक्रम अन्र्तगत यस किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा समेत निरन्तरता दिने लक्ष्य रहेको जनाएको छ । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुलामीले वित्तीय संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनमा समेत यस किसिमका सहयोगको अपेक्षा राखे ।

कार्यक्रममा संस्थाको तर्फबाट अनुगमन अधिकृत नबराज के.सी, शाखा प्रमुख अनिश पोख्रेल, गाँउपालिका तथा वडा प्रतिनिधि बुद्धिराज श्रेष्ठ, मन्दिर व्यवथापन समितिका पदाधिकारीहरु साथै समाजसेवि होमनाथ भट्टराई र स्थानीय बुद्धिजिवीहरुको उल्लेख्य सहभागिता रहेको थियो । हाल वित्तीय संस्थाले देशका विभिन्न ५४ जिल्लामा १२० वटा शाखा कार्यालयहरुमार्फत १ लाख ५० हजार भन्दा बढि ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

jutta mela

You might also like

Comments are closed.