काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले (कर प्रयोजनार्थ सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ । उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरूलाई वितरण गरिनेछ ।
ग्लोबल आइएमई बैंक हाल देशकै एक अग्रणी वाणिज्य बैंकका रूपमा आर्थिक समावेशीकरण, डिजिटल बैंकिङ विस्तार र वित्तीय सुदृढतामा सक्रिय रूपमा संलग्न रहेको छ ।
Comments are closed.