ग्लोबल आइएमई लघुवित्तको सीइओमा जोशी नियुक्त

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरिकृष्ण जोशी नियुक्त भएका छन् । उनी दोस्रो कार्यकालका लागि सीइओ बनेका हुन् ।

बैशाख २ गते मंगलबार बसेको संचालक समितिको बैठकले जोशीलाई सीइओ नियुक्ति गर्ने निर्णय गरेको हो । जोशीको कार्यकाल आगामी बैशाख १५ गतेदेखि लागू हुनेछ । कार्यकाल अवधिमा भने ४ वर्षको हुनेछ ।

You might also like

Comments are closed.