पोखरा । पोखरा २६ विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्था लि.ले पोखरा महानगरपालिका २९ शिशुवामा रहेको सरुवा तथा संक्रमित रोग अस्पताललाई आर्थिक सहयोग गरेको छ । लघुवित्तले १ लाख रुपैयाँ वरावरको आर्थिक सहयोग गरेको छ । वित्तीय संस्थाले उक्त रकम पोखरा महानगरपालिकाका नगर प्रमुख मान वहादुर जि.सी. को रोहवरमा अस्पातालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई उक्त हस्तान्तरण गरेको हो ।
कार्यक्रममा नगर प्रमुखले यस विषम परिस्थितिमा वित्तीय संस्थाले समय सापेक्ष उपयुक्त ठाउँमा सहयोग गरेको वताए । यस किसिमको सहयोगले आफुलाई पनि स्वास्थ्य क्षेत्रमा थप काम गर्ने प्रोत्साहन मिलेको उनले वताएका थिए ।
५० शैया क्षमताको उक्त अस्पतालमा हाल ५१ जना कोभिडको विरामी रहेको वताएका अस्पतालका कार्यकारी निर्देशक विकास गौचनले जानकारी दिए । गौचनले यस विषम परिस्थितिमा वित्तीय संस्थाको सहयोगलाई अस्पताल संचालनमा थप सहयोग पुगेको वताउदै संस्थालाई धन्यवाद दिएका थिए भने विगतका दिनहरुमा पनि संस्थाद्वारा सहयोग भईरहेको वताए ।
कार्यक्रममा वोल्दै ,ग्लोवल आइएमई वित्तीय संस्थाका कार्यकारी प्रमुख हरिकृष्ण जोशीले सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाले देशव्यापी रुपमा विभिन्न शाखाहरु मार्फत संस्थामा आवद्ध सदस्य, आम सर्वसारण, सुरक्षा निकाय, आश्रम , लगायतमा स्वास्थ्य सामाग्रीहरु, खाधान्न ,जिन्सी तथा आर्थिक सहयोग गर्दै आइरहेको र हाल सम्म करिव १३ लाख पचहत्तर हजारको आर्थिक सहयोग गरिसकेको बताए । जोशीले वित्तीय संस्थाले यस कोभिडको विषम परिस्थितिमा संस्थाको तर्फवाट संस्थामा आवद्ध कोभिड संक्रमित सदस्य परिवारलाई आर्थिक सहयोग गर्नुका साथै सस्थामा आवद्ध सदस्य सदस्यको परिवार , आम सर्वसाधरण व्यक्तिहरुको कोभिड फर्म भरि खोप लगाउन लागिपरिरहेको र हाल सम्म करिव ५००० जना सदस्यहरुको अनलाईन फारम भरि सकेको जोशीले बताए ।
Comments are closed.