काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.ले कोरोना संक्रमित ग्राहक सदस्य तथा सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
संस्थाले विभिन्न शाखाहरुमा आवद्ध कोरोना संक्रमित सदस्यहरु लाई रु.३,२५,०००/- रुपैयाँ बराबरको नगद सहयोग वितरण गर्नुका साथै लमजुङ स्थीत सर्वोदय सेवा आश्रममा रु.२५,०००/-बराबरको खाद्यान्न तथा आवश्यक भाँडा कुँडा वितरण गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिए ।
संस्थामा हाल १,२४,९४७ जना सदस्य छन् भने संस्थाको ऋण लगानी ६ अर्ब २० करोड तथा सदस्यहरुको बचत २ अर्ब ५ करोड रहेको छ । वित्तीय संस्थाले पोखरामा रहेको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी यहि बैशाख ८ गते बाट एकीकृत कारोबार शुरु गरेको हो ।
हाल संस्थाले सातै वटै प्रदेशमा १०२ वटा शाखा मार्फत सेवा दिँदै आएको छ । सहयोग वितरण कार्यक्रममा बोल्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले वित्तीय संस्थाले विगतमा पनि सामाजिक उत्तरदायित्व अन्र्तगत यस किसिमका सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिईने बताए ।





Comments are closed.