‘कोभिडले सूचना प्रविधिको महत्व अझै बढाएको छ’

विकास भुर्तेल, प्रवन्ध निर्देशक, ग्लोबल आइटी एजुकेसन, अमरसिंहचोक पोखरा

यतिबेला विश्वको समग्र अर्थतन्त्र नै कोभिड–१९ को महामारीका कारण धरासायी भएको अवस्था छ । संसारभरको अर्थतन्त्र प्रभावित भएको यो समयमा नेपाल पनि अछुतो रहने कुरै भएन । तँङग्रदै गरेको नेपालको अर्थतन्त्रलाई कोभिडले धेरै पछाडि धकेलेको छ । अब यसलाई पुरानै लयमा फर्काउन केही समय कुर्नैपर्छ र हामी सबैले संघर्ष गर्नैपर्छ ।

सबै क्षेत्र प्रभावित हुँदा सूचना तथा प्रविधिको क्षेत्रले भने कोभिडको समयमा पुनरुत्थान हुने अवसर पायो । सूचना प्रविधिको प्रयोग यो समयमा अत्याधिक बढ्यो । लकडाउनले घरघरमै बस्नुपर्ने अवस्थामा प्राय गतिविधि सूचना तथा प्रविधिकै सहायताले सूचारु भए । स्कुल, कलेजले सूचना तथा प्रविधिकै प्रयोग गरेर कक्षा सञ्चालन गरे । कोभिडले सूचना तथा प्रविधिको महत्व कति छ भन्ने प्रमाणित गरिसकेको अवस्था छ ।

jutta mela

कोभिडको समयमा सूचना प्रविधि तथा कम्प्युटर शिक्षाको महत्व बढेपनि यो शिक्षा प्रदान गर्ने संस्थाहरु भने बन्द नै रहे । लामो समयको बन्द पछि कम्प्युटर शिक्षा प्रदायक संस्थाहरु पनि यतिबेला सुचारु हुन थालेका छन् । म सञ्चालक रहेको ग्लोबल आइटी एजुकेसन पनि यतिबेला सुरक्षा सतर्कता अपनाएर खुल्ला भइसकेको छ । स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर हामीले कक्षा सञ्चालन सुचारु गरेका हौं । अब कोभिडसँग डराएर होइन, कोभिडसँगसँगै जुधेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता विकसित भइसकेको अवस्थामा विद्यार्थीहरु पनि सुरक्षा सावधानीसहित कम्प्युटर शिक्षा लिन अग्रसर भएको मैले पाएको छु ।

कोभिडबाट पाठ सिकेर कम्प्युटर शिक्षालाई आम मानिसहरुले प्राथमिकतामा राख्ने निश्चित प्राय नै छ । कोभिडले अर्र्थतन्त्र धरासायी भएको अवस्थामा रोजगारीका अवसर पनि गुमेका छन् । रोजगारीका थोरै अवसरमा धेरै जनाले प्र्रतिस्पर्धा गर्नुपर्नेछ । रोजगारीका लागि कम्प्युटर शिक्षा पहिलो प्राथमिकता नै हो । दक्षता बढाउन र व्यावसायिक बन्न पनि यो शिक्षा आजको लागि अपरिहार्य आवश्यकता बनिरहेको सन्दर्भमा कम्प्युटर शिक्षा लिने विद्यार्थीहरु अबका दिनमा बढ्ने अपेक्षा गर्न सकिन्छ ।

बदलिदो विश्व परिवेशलाई मध्यनजर गरी ग्लोबल आइटीले रोजगारीको पूर्ण ज्ञारेन्टीसहित कम्प्युटर शिक्षा प्रदान गर्र्न सुरु गरेको यहाँहरु सम्पूर्णमा जानकारी गराउँछु । यही क्षेत्रमा व्यावसायिक रुपमा विताएको १४ वर्षदेखिको अनुभवलाई आत्मसात गरी विद्यार्थीहरुमा अब नयाँ जोस र उत्साहका साथ कम्प्युटर शिक्षा प्रदान गर्न हामी प्रतिबद्ध छौं । एसइई दिएर पनि प्राविधिक शिक्षा तथा कम्प्युटर शिक्षा अध्ययन गर्न नपाएका, प्लस टुको परीक्षा दिएर बसेका तथा रोजगारीमा रहेर पनि कम्प्युटर ज्ञान आवश्यक भएका लगायत सम्पूर्णलाई लक्षित गरी हामीले नयाँ कक्षा सञ्चालन गरिरहेका छौं । विश्व व्यापी मान्यता पाएको अँग्रेजी भाषा कक्षा पनि सञ्चालन भइरहेको छ । कोभिडसँग सतर्कता अपनाएर सामाजिक दुरी कामय गरी कक्षा सञ्चालन भइरहेको छ । यहाँहरुलाई पनि हामी ग्लोबल आइटीमा स्वागत गर्न आतुर छौं ।

You might also like

Comments are closed.