ग्लोबल रिच ३१औं वर्षमा प्रवेश, नेपालमा यसरी मनाइयो वार्षिकोत्सव

काठमाडौं । शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको ग्लोबल रिचले स्थापनाको ३१ औं वर्ष प्रवेश गरेको छ । भारतको कलकत्तामा प्रधान कार्यालय रहेको ग्लोबल रिचले बिहीबार ३० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा नेपालका शाखाहरुमा समेत ग्लोबल रिचले विविध कार्यक्रम गरेको छ ।

ग्लोबल रिचले ५ वटा देशमा ४० भन्दा बढी शाखाबाट सेवा सञ्चालन गरिरहेको छ । भारत, नेपाल, अष्ट्रेलिया, भुटान र बंगालदेशमा शाखा सञ्चालन गरिरहेको ग्लोबल रिचले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दैै आइरहेको छ ।

ग्लोबल रिचले नेपालमा १४ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको छ । नेपालमा ग्लोबल रिचका शाखाहरु काठमाडौं, चितवन, पोखरा र बुटवलमा छन् ।

यसैबीच, ग्लोबल रिचका विभिन्न शाखा मध्ये पोखरा शाखा स्थापनाको ६ वर्ष पुरा भइसकेको छ । ग्लोबल रिचका शाखाहरु मध्ये पोखरा शाखा उत्कृष्ट बन्दै आइरहेको छ । परामर्शका सेवाका लागि ग्लोबल रिचमा विद्यार्थीको आकर्षण बढ्दै गइरहेको बताइएको छ ।

You might also like

Comments are closed.