पोखरा । अष्ट्रेलियाका विश्वविद्यालयहरूमा नेपालका विद्यार्थीहरूलाई पठाउनका लागि विगत ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले सोमबार, माघ ८ गते, अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’सञ्चालन गर्न लागेको हो ।
ग्लोबल रिचको भाटभटेनीमा स्थित पोखरा शाखाको कार्यक्रम सोमबार, माघ ८ गते बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म सञ्चालन हुनेछ । जसमा १३ बढी अष्ट्रेलियाका युनिभर्सिटीका प्रतिनिधिहरूको उपस्थिति रहने कम्पनीले जनाएको छ ।
कार्यक्रममा सहभागी हुने विद्यार्थी र अभिभावकले विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्नेछन् । साथै कार्यक्रममा सहभागी भएमा अष्ट्रेलियामा लागु भएको नयाँ नियम र यसले पार्ने असरबारे समेत जानकारी पाइनेछ । कार्यक्रममा विद्यार्थीहरूलाई १०० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध हुने ग्लोबल रिचले जनाएको छ ।
विद्यार्थीहरूले अष्ट्रेलियामा आफूले अध्ययन गर्ने विषय, विश्वविद्यालय, त्यहाँ लाग्ने खर्च तथा अध्ययनपछि सिर्जना हुने रोजगारीका अवसर लगायत विविध विषयमा अन्तक्रिर्याबाट प्रस्ट हुन सक्नेछन् । कार्यक्रममा सहभागीताका लागि कुनै पनि शुल्क लाग्ने छैन ।
Comments are closed.