ग्लोबल रिच नेपालका सबै शाखामा ‘मल्ट्री कन्ट्री एजुकेशन फेयर’ हुँदै

काठमाडौं । ग्लोबल रिच नेपालको आयोजनामा ‘मल्ट्री कन्ट्री एजुकेशन फेयर’ हुने भएको छ । नेपालमा रहेका ग्लोबल रिचका कार्यालयहरुमा फेयर हुनेछ ।

डिल्लीबजार काठमाडौंमा मे ११ शनिबार, चितवन शाखामा मे १२ आइतबार, पोखरा शाखामा मे १४ मंगलबार र बुटवल शाखामा मे १५ बुधबार फेयर हुने ग्लोबल रिचले जनाएको छ ।

jutta mela

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, युके, क्यानडा, युएसए, थाइल्याण्ड, आयरल्याण्ड र दुवई जान चाहने विद्यार्थीलाई लक्षित गरी फेयर गर्न लागिएको ग्लोेबल रिचले जनाएको छ । फेयरमा विदेशका प्रतिष्ठित युनिभर्सिटीका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

सबै शाखा दिउसो १२ देखि ४ बजेसम्म फेयर सञ्चालन हुनेछ ।

You might also like

Comments are closed.