ग्लोबल रिच अष्ट्रेलियन एजुकेशन फेयरमा २५ भन्दा बढी युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने

काठमाडौं । ग्लोबल रिच एजुकेशन कन्सल्टेन्सीले नेपालको मुख्य कार्यालय डिल्लीबजारसहित चितवन, बुटवल र पोखरा शाखामा ‘अष्ट्रेलियन एजुकेशन फेयर’को घोषणा गरेको छ । काठमाडौं शाखामा आगामी १२ जनवरी (पुस २८) मा फेयर हुनेछ ।

फेयरमा अष्ट्रेलियाका २५ भन्दा बढी युनिभर्सिटीका प्रतिनिधिहरु सहभागी हुने ग्लोबल रिचका मार्केटिङ म्यानेजर प्रतिक्षा घिमिरेले जानकारी दिइन् । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म फेयर सञ्चालन हुनेछ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि फेयर उपयोगी हुने विश्वास गरिएको छ । ‘एउटै छानामुनी धेरै युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर छलफल, अन्तरक्रिया गर्नुका साथै अष्ट्रेलियाको उच्च शिक्षाका बारेमा जानकारी लिने अवसर विद्यार्थीलाई मिल्नेछ,’ घिमिरेले भनिन् । मेलामा विद्यार्थीहरूले १००% छात्रवृत्तिसम्मको अवसर पाउनेछन् । भर्ना प्रक्रिया र अन्य विवरणहरूबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।

विद्यार्थीले विश्वविद्यालय प्रतिनिधिहरूसँग १–१ गरेर कुराकानी गर्नसक्नेछन् । सहभागी विद्यार्थीको डकुमेन्टको आधारमा सत्यतथ्य परामर्श प्रदान हुनेछ । फेयरमा सहभागी विद्यार्थीले विभिन्न अफरहरुको लाभ लिन सक्नेछन् । आवेदन शुल्कमा छुट हुनुका साथै अन्य लाभ विद्यार्थीले प्राप्त गर्नसक्ने ग्लोबल रिचले जनाएको छ । फेयरमा सहभागी विद्यार्थीले आयल्स, पिटिइ र स्याटका कक्षाहरुमा ५० प्रतिशत छुट पाउनेछन् । सुरुमा आउने सय जना विद्यार्थीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

चितवन शाखामा माघ १ गते

ग्लोबल रिचको चितवन शाखामा जनवरी १४ (माघ १ गते) मंगलबार फेयर हुनेछ । ग्लोबल रिचको चितवन कार्यालय रोटरी डण्डपाणि भट्टराई भवन (चौथो तलामा) बिहान ११ देखि दिउँसो ३ बजेसम्म फेयर हुनेछ ।

बुटवल शाखामा माघ २ गते

त्यस्तै ग्लोबल रिचको बुटवल शाखामा १५ जनवरी (माघ २) बुधबार फेयर हुनेछ । ग्लोबल रिचको बुटवल कार्यालय प्रधान हाइट्स (पहिलो तलामा), राजमार्ग चौराहा बुटवलमा बुधबार फेयर हुनेछ । दिउँसो १२ देखि ४ बजेसम्म फेयर हुनेछ ।

पोखरा शाखामा माघ ३ गते

ग्लोबल रिचको पोखरा शाखामा जनवरी १६ (माघ ३) गते बिहीबार फेयर हुनेछ । ग्लोबल रिचको पोखरा शाखा भाटभटेनी (तेस्रो तलामा), नयाँ सडक, पोखरामा दिउसो १२ देखि ४ बजेसम्म फेयर हुनेछ ।

ग्लोबल रिचले ३३ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको छ । फेयरमा विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

फेयरमा सहभागी विद्यार्थीले यो लिंकमा क्लिक गरेर नाम दर्ता गर्न सक्नेछन् ।

lcci
You might also like

Comments are closed.