ग्लोबल रिचले पोखरामा भदौ १ गते अष्ट्रेलियन एजुकेशन फेयर गर्दै, विद्यार्थीलाई उपयोगी हुने

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहाने विद्यार्थीलाई लक्षित गर्दै ग्लोबल रिचले पोखरामा ‘अष्ट्रेलियन एजुकेशन फेयर’ गर्ने भएको छ । भदौ १ गते (अगष्ट १७) मा हुने फेयरमा अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटिका प्रतिनिधिको सहभागिता रहने यो फेयर महत्वपूर्ण हुनेछ ।

पोखरास्थित भाटभटेनीको तेस्रो तलामा रहेको ग्लोबल रिचको ब्रान्चमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म फेयर आयोजना गर्न लागिएको ग्लोबल रिच पोखराका ब्राञ्च कोर्डिनेटर सरिता गुरुङले जानकारी दिइन् ।

‘पोखरा आसपासका विद्यार्थीलाई लक्षित गर्दै फेयर आयोजना गरिएको हो, यो फेयर उच्च शिक्षाका लागि अष्टे«लिया जान चाहाने विद्यार्थीका लागि अत्यन्त उपयोगी हुनेछ,’ उनले भनिन्, ‘फेयरमा सहभागी भएर विद्यार्थी तथा अभिभावकले अष्ट्रेलियाको शिक्षा प्रणाली लगायत आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सकिनेछ ।’

उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहाने विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको फेयरमा अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटीका प्रतिनिधि आफै सहभागी हुने हुँदा विद्यार्थीका लागि यो फेयर महत्वपूर्ण हुनेछ ।

युनिभर्सिटिका प्रतिनिधिसँग विद्यार्थी तथा अभिभावकले अष्ट्रेलियाको शिक्षा प्रणाली, लागत खर्च, उच्च शिक्षा पश्चात् भएका रोजगारीका अवसरहरु, छात्रवृत्तिको अवसर, अष्ट्रेलियामा भएका सम्भावना लगायतका विषयमा विद्यार्थीले प्रत्यक्ष साक्षात्कार गर्न पाउनेछन् । ग्लोबल रिचले वर्षेनी एजुकेशन फेयर गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.