काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्यमा ठूलो गिरावट आएको छ । आइतबार मात्रै तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको सुन आज फेरि तोलामा २ हजार रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । हिजो आइतबार सो मूल्य २ लाख ४१ हजार ९०० रुपैयाँ रहेको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो तोलाको ३ हजार १५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर २ हजार ५ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएपछि त्यसको असर नेपाली बजारमा समेत प्रत्यक्ष रूपमा देखिएको व्यवसायीहरूको भनाइ छ ।








Comments are closed.