गोदरेज मोडुलर किचनको कर्पोरेट कार्यालय र आठौं शोरुम कोटेश्वरमा

काठमाडौं । विश्वविख्यात कम्पनी गोदरेज ब्राण्डको मोडुलर किचनका लागि नेपालको आधिकारिक बिक्रेता एसपि इन्टेरियो सोलुसन प्रा.लि.ले काठमाडौंको कोटेश्वरमा कर्पोरेट कार्यालय शुभारम्भ गरेको छ । वुटवलमा प्रधान कार्यालय रहेको प्रा.लि.ले कोटेश्वरमा गोदरेज किचनको शोरुमसहित कर्पोरेट कार्यालय सञ्चालनमा ल्याएको अध्यक्ष सुमन केसीले जानकारी दिए ।

प्रा.लि.ले हालसम्म नेपालमा ८ वटा डिलर विस्तार गरिसकेको छ । मुख्य शोरुम बुटवलमा छ भने अन्य डिलरहरु पोखरा, चितवन, विरगन्ज, इटहरि, भैरहवा, मोहरियामा रहेको छ । धनगढी र नेपालगञ्जमा डिलर माग गरिएको छ । छिट्टै डिलर विस्तार गरिने केसीले जानकारी दिए ।

कम्पनीले हालै काठमाडौंमा डिलर मिटसमेत सम्पन्न गरेको छ । कार्यक्रममा सबै डिलरको प्रतिनिधित्व रहेको केसीले जानकारी दिए । गोदरेज इन्टरनेशनलका बिजनेस इन्टेरियो हेड उज्वल कुमार रेको प्रमुख आतिथ्यतामा तथा इन्टेरियो डिभिजनका इन्टरनेशनल बिजनेश म्यानेजर डिभिएन दिपेश, ब्राण्ड एम्बास्डर कलाकार ऋचा शर्मा लगायतको उपस्थितिमा डिलर मिट सम्पन्न भएको हो ।

jutta mela

२०७४ वैशाख १० गतेबाट गोदरेजका इन्टेरियो किचनसहितका फर्निचर सामग्रीलाई एसपि इन्टेरियो सोलुसनले नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ । गोदरेज ब्राण्डका मोडुलर किचन, म्याट्रेस, अफिस फर्निचर र घरायसी फर्निचर सामग्री उपलब्ध छन् । ‘गोदरेजको मोडुलर किचनसहित फर्निचर सामग्रीहरु नेपाली बजारमा लोकप्रिय बनिरहेका छन्,’ अध्यक्ष केसी भने, ‘किचनमा आवश्यक पर्ने सम्पूर्ण फर्निचर सामान पाइने हुँदा धेरैको रोजाईमा गोदरेज ब्राण्ड परेको छ । नेपाली उपभोक्ताको माग अनुसारको गुणस्तरीय सामान हामीले उपलब्ध गराइरहेका छौं ।’ विभिन्न अत्याधुनिक ६ प्रकारका सेगमेन्ट (स्टिल बेस किचन, मरिन प्लाई, एमडिएफ, पियु, टोफन ग्लोजी (सिआर), स्टिल अफ फ्यान्टासिया) मा अन्तर्राष्ट्रिय प्रविधिबाट गोदरेजको किचन तथा फर्निचर सामग्री तयार हुने कम्पनीले जनाएको छ ।

घर तथा अफिसलाई आकर्षक बनाउन विभिन्न कलाको प्रयोग गरी आकर्षक तथा आधुनिक डिजाइनका फर्निचर तयार हुने केसी बताउँछन् । ‘स्वास्थ्यका हिसाबले पनि अनुकुल हुने गरी फर्निचर तथा किचन सामग्री तयार हुन्छ,’ उनले भने । कार्यालय प्रयोजन, विभिन्न परियोजनाहरु, स्वास्थ्य सेवा तथा ल्याबमा आवश्यक पर्ने उत्कृष्ट फर्निचर गोदरेजले नेपाली बजारमा उपलब्ध गराइरहेको छ । पर्यावरण अनुकुल सामग्री प्रयोग, वातावरण प्रदुषण कम गर्ने तथा पर्यावरण अनुकुल प्याकेजिङ यसका विशेषता हुन् ।

You might also like

Comments are closed.