गोदरेजको बिक्रेता एसपि इन्टेरियो सोलुसनको कर्पोरेट कार्यालय काठमाडौंमा

गोदरेज मोडलुर किचनको प्रयोगमा के छन् फाइदा ?

काठमाडौं । विश्व प्रशिद्ध गोदरेज ब्राण्डको इन्टेरियो किचनसहित फर्निचर सामग्रीको लागि नेपालको आधिकारिक बिक्रेता एसपि इन्टेरियो सोलुसनको कर्पोरेट कार्यालय काठमाडौंमा खुलेको छ । बुटवलमा प्रधान कार्यालय रहेको एसपि इन्टेरियो सोलुसनले २०७४ वैशाख १० गतेदेखि गोदरेजका इन्टेरियो किचनसहितका फर्निचर सामग्रीलाई नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ ।

काठमाडौंको कोटेश्वरमा सञ्चालनमा आएको कर्पोरेट कार्यालयको छिट्टै औपचारिक उद्घाटन हुने कम्पनीका अध्यक्ष सुमन केसीले आर्थिक आवाजलाई जानकारी दिए । बुटवलको कालिका नगरमा मुख्य शोरुम स्थापना रहेको कम्पनीले डिलरमार्फत देशभरको बजारमा गोदरेज ब्राण्डका मोडुलर किचन, म्याट्रेस, अफिस फर्निचर र घरायसी फर्निचरलाई बिक्री वितरण गरिरहेको छ । छिट्टै चितवनमा डिलर खोल्ने तयारी भइरहेको उनले जानकारी दिए । कम्पनीका अन्य सञ्चालकहरुमा पप्पुकुमार गुप्ता, पदमराज ज्ञवाली र कपिल प्रसाद नेपाल छन् ।

गोदरेजको मोडुलर किचनसहित फर्निचर सामग्रीहरु बुटवल आसपास लगायत देशभरको बजारमा लोकप्रिय बनिरहेको अध्यक्ष केसी बताउँछन् । ‘किचनमा आवश्यक पर्ने सम्पूर्ण फर्निचर सामान पाइने हुँदा धेरैको रोजाईमा गोदरेज ब्राण्ड परेको छ,’ उनले भने, ‘नेपाली उपभोक्ताको माग अनुसारको गुणस्तरीय सामान हामीले उपलब्ध गराइरहेका छौं ।’ विभिन्न अत्याधुनिक ६ प्रकारका सेगमेन्ट (स्टिल बेस किचन, मरिन प्लाई, एमडिएफ, पियु, टोफन ग्लोजी (सिआर), स्टिल अफ फ्यान्टासिया) मा अन्तर्राष्ट्रिय प्रविधिबाट गोदरेजको किचन तथा फर्निचर सामग्री तयार हुने कम्पनीले जनाएको छ ।

घर तथा अफिसलाई आकर्षक बनाउन विभिन्न कलाको प्रयोग गरी आकर्षक तथा आधुनिक डिजाइनका फर्निचर तयार हुने केसी बताउँछन् । ‘स्वास्थ्यका हिसाबले पनि अनुकुल हुने गरी फर्निचर तथा किचन सामग्री तयार हुन्छ,’ उनले भने । कार्यालय प्रयोजन, विभिन्न परियोजनाहरु, स्वास्थ्य सेवा तथा ल्याबमा आवश्यक पर्ने उत्कृष्ट फर्निचर गोदरेजले नेपाली बजारमा उपलब्ध गराइरहेको छ । पर्यावरण अनुकुल सामग्री प्रयोग, वातावरण प्रदुषण कम गर्ने तथा पर्यावरण अनुकुल प्याकेजिङ यसका विशेषता हुन् ।

गोदरेजका इन्टेरियो किचन तथा फर्निचर सामग्रीहरु अत्याधुनिक अन्तर्राष्ट्रिय प्रविधिको प्रयोगबाट बन्ने कम्पनीले जनाएको छ । ‘युरोपियन स्ट्याण्डर्डका किचन तथा फर्निचर सामग्री नेपाली बजारमा भित्र्याउन सफल भएका छौं,’ केसीले भने, ‘युरोपियन देशहरुको स्ट्याण्डर्डमा भित्रिएका किचन सेटले नेपाली घरहरुमा आधुनिकता झल्काउने काम गरेको छ ।’

गोदरेज मोडलुर किचनको प्रयोगमा के छन् फाइदा ?

विश्वविख्यात गोदरेज कम्पनीको ब्राण्ड भएकाले १५ वर्षको पूर्ण वारेन्टी रहेको अध्यक्ष सुमन केसी बताउँछन् । ३०४ ग्रेडको ज्ञाल्भनाइज्ड स्टिललाई इपोक्सी पोलिस्टर पाउडरले कोटिङ गरिएकाले खिया, फुन्सी, आगो तथा पानीले असर नगर्ने, ओशिलो वातावरण रहेको किचन कोठामा पनि सुरक्षित, आकर्षक फिनिसिङ यसका विशेषता हुन् ।

किरा, साङला, धमिराबाट पूर्णरुपमा सुरक्षित रहनुका साथै मर्मत तथा संहार गर्न सजिलो तथा कम खर्च लाग्ने हुँदा यो किचन प्रयोग गर्न केसीको सुझाव छ । ‘१५ वर्षसम्म कम्पनीले मर्मत सुविधा दिने र लामो समयसम्म टिकाउ हुने हुँदा यो किचन अन्य किचन भन्दा धेरै सस्तो पर्न जान्छ,’ उनले भने । अहिलेसम्म बजारमा चलिरहेको लेटेस्ट टेक्नोलोजी गोदरेजको यो ब्राण्डमा प्रयोग भएको केसी बताउँछन् । ५० भन्दा बढी रिफरेन्स कलरमा ग्राहकले किचन तथा फर्निचर सामग्री रोज्न पाउँछन् ।

भारतको उत्कृष्ट ब्राण्ड

गोदरेज इन्टेरियो भारतको एक उत्कृष्ट तथा अग्रणी फर्निचर ब्राण्ड हो । फर्निचरका क्षेत्रमा भारतको सबैभन्दा ठुलो घर डिजाइनको टिमले कम्पनीको नेतृत्व गरिरहेको छ । गोदरेज इन्टरियोको म्यानुफ्याक्चरिङ सेवाहरु भारतको मुम्वई, हरिद्वार, शिरवल र भगवानपुरमा छन् । जिआई शिरवल प्लान्ट ग्रिनको प्लेटिनम सर्टिफाइड हो भने मुम्वई प्लान्ट ग्रिनको गोल्ड सर्टिफाइड हो । जिआईसँग ग्राहकको लागि हरियो विकल्पहरुको फराकिलो दायरा छ । यस उत्पादन मात्र नभई ग्रिन इन्टेरियर्स र रिसाइक्लिङको व्यवस्था छ । गोदरेजको हालसम्म भारतका ६५० भन्दा धेरै शहरमा २५० शोरुम र ८०० डिलर छन् । गोदरेज कम्पनीका १६ डिभिजन छन् । गोदरेज इन्टेरियो एउटा महत्वपूर्ण डिभिजन हो ।

गोदरेज ब्राण्डले सिआईआई एक्जिम बैंक अवार्ड, बिजनेश एक्लेन्स अवार्ड २०१६, सुपर ब्राण्ड २०१५, एसिया कै सबैभन्दा प्रशंसनीय ब्राण्ड २०१६, रिडर्स डाइजेष्ट मस्ट ट्रष्ट ब्राण्ड २०१६ प्लेटिनम (होम फर्निचर), रिडर्स डाइजेष्ट मस्ट ट्रष्ट ब्राण्ड २०१६ गोल्ड (मोडुलर किचन) लगायतका अवार्ड तथा पुरस्कार पाइसकेको छ ।

मोडर्न होम्स पोखरा, एसएस इन्टेरियो जीतपुर सिमरा, मिराकल इन्टेरियो भैरहवा र किचन न्यु इरा सैनामैनामा गोदरेजका क्षेत्रीय डिलरहरु सञ्चालनमा छन् । चितवन, इटहरि र नेपालगञ्जमा छिट्टै डिलर स्थापनाको तयारी भइरहेको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.