गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को ११ औं संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । यो प्रतिष्ठित कार्यक्रमले नेपालका किशोरकिशोरीहरूलाई उनीहरूको असाधारण योगदान र नेतृत्वका लागि सम्मान गर्ने लक्ष्य राखेको छ ।
ग्लोकल टीन हिरो , ग्लोकल प्रा.लि. को एक महत्वपूर्ण पहल हो। जुन केवल अवार्ड वा पुरस्कार मात्र नभई परिवर्तनकारी भावना भएका युवा\ किशोरकिशोरीहरूलाई उचित मूल्यांकन गर्दै नया पुस्ता माझ आभारी पुर्वक पहिचान दिलाउछ। ग्लोकल प्रा.लि. प्रशिक्षण, शिक्षा, र सीप विकासका क्षेत्रमा कार्यरत एक अग्रणी संस्था हो। यस कार्यक्रमले किशोरकिशोरीहरूलाई उनीहरूको प्रतिभा, सिर्जनशीलता र सामाजिक कार्यहरू प्रस्तुत गर्ने अद्वितीय अवसर प्रदान गर्दछ। यसले शैक्षिक गतिविधि र व्यक्तिगत सिमा रेखाभन्दा बाहिर रहेर आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने सक्रिय युवाहरूलाई विशेष रूपमा चिनाउँछ ।
पृष्ठभूमि र विस्तारः ग्लोकल टीन हिरोको सुरुवात सन् २०१५ मा काठमाडौँ उपत्यकाका प्रतिभावान किशोरकिशोरीहरूलाई सम्मान गर्ने उद्देश्यले भएको थियो। सन् २०१६ देखि यस कार्यक्रमलाई देशभर विस्तार गरियो, जसले गर्दा सम्पूर्ण नेपालका किशोरकिशोरीहरूले यो उत्कृष्ट मञ्चबाट लाभान्वित हुन सकेका छन् । यसको पहुँचलाई दक्षिण एसियाका अन्य देशहरूमा समेत विस्तार गर्ने लक्ष्यका साथ सन् २०१९, २०२० र २०२२ मा भारत, श्रीलंका र बंगलादेशमा पनि ग्लोकल टीन हिरो प्रारम्भ गरिएको थियो।
नेपालको शुद्द धरातल बाट सुरुवात हुदै निरन्तर विकसित हुँदै विश्वभरका उत्कृष्ट किशोरकिशोरीहरूको योगदानलाई प्रकाश पारिरहेको छ। नेपालमा नै परिकल्पना गरिएको यो कार्यक्रमको ११ औं वर्षमा, ग्लोकल टीन हिरोले नेपालका समर्पित, उत्साही र नवप्रवर्तनशील किशोरकिशोरीहरूलाई सशक्तिकरण र पहिचान प्रदान गर्न आवेदन आह्वान गरेको छ ।
आवेदन कसले दिने ?
ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि देशभरका १३ देखि १९ वर्ष उमेर समूहका सबै उत्साही, लगनशील, दूरदर्शी र परिवर्तनकारी भावना बोकेका किशोरकिशोरीहरूले आवेदन दिन सक्नेछन । यदि तपाईंले आफ्नो समुदाय, समाज वा कुनै विशेष क्षेत्रमा उल्लेखनीय र प्रभावकारी कार्य गरिरहनुभएको छ, शैक्षिक गतिविधिभन्दा माथि उक्लिएर आफ्नो प्रतिभा र सेवाकारी रुप प्रदर्शन गरिरहनुभएको छ, वा सकारात्मक परिवर्तन ल्याउन सक्रिय हुनुहुन्छ भने, यो मञ्च तपाईंको लागि नै हो। तपाईंको पहल, प्रभाव र उपलब्धिलाई सम्मान गर्न हामी आतुर छां ।
को–को आवेदन दिन सक्छन्?
देशभरबाट १३ देखि १९ वर्ष उमेर समूहका परिवर्तनकारी भावना, सकारात्मक दृष्टिकोण र सामाजिक प्रतिबद्धता भएका किशोरकिशोरीहरूले आवेदन दिन सक्नेछन्। यदि तपाईं आफ्नो समुदाय वा क्षेत्रमा सक्रिय रूपमा योगदान पुर्याइरहनुभएको छ भने यो मञ्च तपाईंका लागि उत्कृष्ट अवसर हुन सक्छ।
आवेदन प्रक्रिया र समयसीमा
आवेदन खुला : असार २, २०८२
अन्तिम मिति : जुलाई ३०, २०२५
आवेदन : अनलाइन फर्ममार्फत, साथै मनोनयनको विकल्प पनि उपलब्ध
पूर्ण रूपमा निःशुल्क सहभागिता
यसपटक ग्लोकल टीन हिरो नेपाल ६० भन्दा बढी शहरहरूमा पुगेर किशोरहरूसँग प्रत्यक्ष संवाद गर्ने योजना समेत बनाइएको छ।
छनोट प्रक्रिया
आवेदनपछि प्रारम्भिक समीक्षा हुनेछ, जसमा सहभागीताको प्रभाव, उद्देश्य र सामाजिक योगदान मूल्याङ्कन गरिनेछ। त्यसपछि शीर्ष ६ फाइनलिस्ट छनोट गरिनेछन् जसले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन्।
विशिष्ट निर्णायक मण्डल
फिनाले चरणमा अन्तर्राष्ट्रिय अनुभव र युवा सशक्तिकरणमा समर्पित व्यक्तित्वहरूले फाइनलिस्टहरूको अन्तर्वार्ता लिनेछन्। निर्णायकहरूमा रहेका छन्:
-
चन्द्रिका कालिया, राष्ट्रिय निर्देशक – कोका कोला नेपाल
-
डा. घनश्याम गुरुङ, राष्ट्रिय निर्देशक – WWF नेपाल
-
सीमा गोल्छा, निर्देशक – गोल्छा ग्रुप
-
सुरज वैद्य, अध्यक्ष – वैद्यज अर्गनाइजेसन
-
थोमस मिलर, कार्यवाहक प्रमुख – युरोपेली संघ, नेपाल
साझेदारहरूको सशक्त समर्थन
कार्यक्रमको शीर्षक साझेदार गोल्छा ग्रुप रहेको छ। युरोपियन युनियन, भारतीय दूतावास, एम्बार्क कलेज, होन्डा, कोका–कोला, WWF, पञ्चकन्या, KFC, टोयोटा, ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल SBI बैंक, नेपाल पर्यटन बोर्ड, सोल्टी होटल, वर्ल्डलिंक, काठमान्डु पोस्ट, हिमालय टिभी HD, यती एयरलाइन्स, प्रिज्मा एड, पिज्जा हट र बेगानी ग्रुपलगायत थुप्रै प्रतिष्ठित संस्थाहरू यस अभियानका रणनीतिक, प्रवर्द्धक र सञ्चार साझेदार रहेका छन्।
Comments are closed.