ओरालो लाग्यो सुनको मूल्य, कतिमा भएको छ आज कारोबार ?

 

काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा नै एक हजार रुपैयाँले ओरालो लागेको छ । तोलामा रु ८७ हजार ५०० मा बुधबार कारोबार भएको छापावाला सुन आजका लागि भने रु ८६ हजार ५०० मूल्य निर्धारण भएको छ ।

त्यसैगरी बुधबार रु ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा रु ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै बुधबार रु एक हजार ३१५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलामा रु एक हजार २८५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।

You might also like

Comments are closed.