नेपाली बजारमा पछिल्लो समयमा डलरको भाउ उकालो लाग्दा सुनको मूल्य पनि लगातार उकालो लागि रहेको छ ।
नेपाली बजारमा दसैंको पछिको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोलाको ९६ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दसैं अगाडी छापावाल सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँमा कारोबार भईरहेको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको ९५ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । दसैं अगाडी तेजाबी सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य १२ सय ५५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । दसैं अगाडी चाँदी तोलाको ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो । असोज १४ गतेको सुनको मूल्य र आजको मूल्य तुलाना गर्दा सुन तोलामा ३ हजारले बढेको देखिन्छ भने चाँदी तोलामा ८५ रुपैयाँ बढेको देखिन्छ ।
Comments are closed.